
धादिङ । भुटानमा हुने साफ यु-१७ च्याम्पियनसिपका लागि जिल्ला र प्रदेश छनोट चरण पार गर्दै धादिङका ४ जना खेलाडी राष्ट्रिय छनोट चरणमा पुगेका छन् ।
धादिङ जिल्ला फुटबल संघका महासचिव रामहरि थापाका अनुसार जिल्ला जिल्ला र प्रदेशको छनोट चरण पार गर्दै धादिङका समिर गुरुङ नीलकण्ठ, सुवास विक नीलकण्ठ, साजन गुरुङ नीलकण्ठ र कृशट प्रधान राष्ट्रिय छनोट चरणमा पुगेका हुन् ।
यस अघि यू २० का धादिङका ३ खेलाडीले प्रदेश छनोट पार गरिसकेका छन् । उनीहरुले २०८१ श्रावण ३२ गते देखि भदौ १२ गते सम्म काठमाण्डौमा सञ्चालन हुने SAFF U-20 Championship 2024 का लागि बागमती प्रदेशले केन्द्रिय छनोट खेल्ने छन् ।