
धादिङ । दक्षिण एशियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार २०८१ श्रावण ३२ गते देखि भदौ १२ गते सम्म काठमाण्डौमा सञ्चालन हुने SAFF U-20 Championship 2024 का लागि बागमती प्रदेशले केन्द्रिय छनोट प्रतियोगिताका लागि खेलाडी छनोट गरेको छ ।
बागमती प्रदशेको छनोट चरण पार गर्दै धादिङका स्याम जि तमाङ ,अन्जन आले मगर र सचिन तमाङ केन्द्रिय छनोटमा सहभागिता हुन पाउने भएका हुन् । केन्द्रिय छनोट चरण पनि पार गरे SAFF U-20 Championship 2024 तथा AFC U-20 Aisan Cup Qualifiers (2024 September 21 to 29) र मिति २०८१ आश्विन २ गते देखि १२ गते सम्म (तदनुसार सेप्टेम्बर १८ देखि २८ तारिख सम्म) भुटानमा सञ्चालन हुने SAFF U-17 Championship 2024 तथा AFC U-17 Aisan Cup Qualifiers (2024 October 19 to 27 ) मा भाग लिन पाउने छन् ।
