धादिङ । डिभिजन वन कार्यालय धादिङले यस वर्ष विभिन्न सामुदायिक वन, कवुलियती वन, निजी, समूह, सहकारी तथा सरकारी तथा गैर सरकारी संस्थाहरूलाई विभिन्न जातका ४० हजार विरुवा अनुदान स्वरुप वितरण गरेको छ । अब वाँसको केहि विरूवा बाँकी रहेको छ भने अन्य जातका विरुवा सकिएको जनाईएको छ ।
डिभिजन वन कार्यालय धादिङका प्रमुख बिष्णुप्रसाद आचार्यका अनुसार यसवर्ष मेकाडनिया ८५० वटा, पिकानट ९०० वटा, टिमुर ११ हजार वटा, चिउरी २ हजार ५०० वटा, किम्वु २ हजार वटा र बाँस ४ हजार ८०० वटा विरुवा विभिन नर्सरीबाट खरिद गरेर ल्याई वितरण गरेको हो । यस्तै डिभिजन वनकार्यालय राप्ती र डिभिजन वन कार्यालय चितवनबाट सहयोग प्राप्त चिउरी ३०० वटा, छतिवन ५०० वटा, विजयसाल ३०० वटा, सिता अशोक ३०० वटा, पलास २० वटा र अर्जुन फुल ४०० वटा पनि वितरण गरिसकेको छ ।
त्यसैगरी नीलकण्ठ सव डिभिजन कार्यालयको हातामा रहेको नर्सरीमा उत्पादन भएका बर २५, पिपल १२०, समी २०, कपुर २१०, गुलमोहोर १००, विरेन्द्र फुल ५०, पारिजात ४००, नीम ९ हजार ४००, कल्की फुल २००, कटहर ६००, चाँप ३ हजार ४५० र तेजपात १ हजार ७३० वटा विरुवा वितरण गरिएको बताईएको छ ।
वन कार्यालयले ०७८ सालमा
५५ हजार विरुवा वितरण गरेको थियो ।
भने ०८० सालमा ३६ हजार विरुवा वितरण गरेको थियो