वन कार्यालय धादिङद्वारा नि:शुल्क विरुवा बाड्न सुरु, ५५ हजार विरुवा बाँडिने

Avatar photo
Dhadingpost
आइतवार, असार १२, २०७९

धादिङ । डिभिजन वन कार्यालय धादिङले आजबाट विभिन्न जातका विरुवाहरु नि:शुल्क बाड्न सुरु गरेको छ । यो वर्ष ५५ हजार विरुवा वितरण गरिने वन कार्यालयले जनाएको छ ।

वनजन्य र सौन्दर्यमुलक दुई थरिका २५ जातका विरुवाहरु वितरण गर्न सुरुभएको बताईएको छ । नि:शुल्क वितरण सुरुभएका यी विरुवाहरु व्यक्तिगत २५ वटा सम्म, संस्थागत र सरकारी कार्यालयको लागि १०० वटा, व्यवसायीक फर्मको लागि १५० वटा र कबुलियती र सामुदायीक वनहरुका लागि २५० वटा सम्म विरुवा लान सकिने डिभिजन वन कार्यालय धादिङले जनाएको छ ।

विरुवा लिन आजै देखि नर्सरी मानिसहरुको भिड देख्न सकिन्थ्यो विरुवा नर्सरीमा खाली नहुँदा सम्म वितरण गरिने जनाईएको छ । वनजन्य विरुवाहरुमा चाँप, चिउरी, बकाईनो, खयर, तेजपात, कफी, अम्बा, कागती, अमला, रुखाकटहर, हर्रो, राईखन्यु, मन्दोला, बडहर,निमारो छन् भने सौन्दर्य मुलक विरुवाहरुमा म्याङगोनिष्टक, कपुर, धुपी, कल्की फुल, करविर निम रहेका छन् ।