धादिङ । नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) धादिङको पाँचौं साधारण सभा र एक दिने शिक्षण सिकाई तालिम असार २२ गते हुने भएको छ । कार्यक्रम धादिङबेसी स्थित क्रिक रिसोर्टमा हुने छ ।
नेल्टा धादिङका सचिव राम अर्यालका अनुसार जिल्लाका अधिकांश विद्यायलमा अंग्रेजी भाषा शिक्षकका रुपमा कार्यरत शिक्षकहरु सहभागी हुने उक्त कार्यक्रम केन्द्रिय अध्यक्ष डा. लक्ष्मण ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ ।
नेपालमा अंग्रेजी भाषा शिक्षण तथा प्रवद्र्धनमा नेल्टाले देशी तथा विदेशी विषय विज्ञहरुको सहयोगमा विभिन्न तालिम, कार्यशाला र सम्मेलनहरु सञ्चालन गर्दैअंग्रेजी भाषा शिक्षकहरुको ज्ञान सिप र अनुभवलाई निर्खानमा सहयोग पु¥याइरहेको संस्था हो ।
१९९२ मा नेपाल अंग्रेजी शिक्षक संघ (नेल्टा) को स्थापना भएपनि धादिङ शाखाको गठन भने विष्णु प्रसाद सिलवालको अध्यक्षतामा २०६३ सालमा गठन भएको थियो ।
नेपालमा अंग्रेजी शिक्षाको औपचारिक सुरुआत १९५० तिर भएपनि यसअघि नै नेपालमा सत्रौं शताब्दीतिर नै यसको प्रयोग हुन थालीसकेको विषय विज्ञहरु बताउँछन् । सन् १८१५ को सुगौली सन्धी अंग्रेजीमा भयो र त्यसपछि १९५१ देखि दरवार हाइस्कूलबाट अंग्रेजी सिकाई सुरुभएता पनि सरकारले सन् २००० देखि व्यवहारिक रुपमा सरकारी विद्यालयहरुमा कक्षा १ देखि अंग्रेजी माध्यमबाट पठन पाठन प्रारम्भ गर्ने र यसको पहुँच सवै नागरिकमा पुर्याउने कार्य गरेको पाइन्छ ।