नीलकण्ठ माविबाट १५८ जना एसईई उतिर्ण

Avatar photo
Dhadingpost
बिहिबार, असार १४, २०८१

धादिङ । धादिङेसी स्थित नीलकण्ठ मावि (हालको नीलकण्ठ बालमन्दिर) बाट २७१ जना विद्यार्थीले एईई दिएका मध्य १५८ जनाले कक्षा ११ पढ्न पाउने भएका छन् ।

प्रधानाध्यापक ध्रुव अधिकारीका अनुसार नीलकण्ठ माविबाट एसईई दिएका विद्यार्थी मध्य ३.६ देखि माथि ३.९१ जिपीए ल्याउने २८ जना, ३.२ देखि ३.६ जिपीए भन्दा तल ल्याउने ६२ जना छन् । दुई विषयमा फेलभई पुरक परिक्षा दिन पाउनेमा ७४ जना रहेका छन् ।

धादिङबाट सामुदायिक १४१ र संस्थागत २२ गरी १६३ माविबाट ४ हजार ९११ जना विद्यार्थीहरु एसईई दिएका थिए प्राप्त नतिजा अनुसार न्यू किबो बोर्डिङकी छात्रा शिल्पाले ४ जिपीए ल्याएकी छिन् ।

गत शैक्षिक सत्रमा सामुदायीक विद्यालय तर्फ नीलकण्ठ मावि देशैभरिको नतिजामा ११ औं स्थानमा रहेको विद्यालय हो । गत वर्ष नीलकण्ठ माविका छात्र सुवाश श्रेष्ठ र रितेश रिजालले ३.९६ जीपीए ल्याउदै जिल्लाकै उत्कृष्ट हुन पुगेका थिए । गत वर्ष २४० जना विद्यार्थीले एसईईमा सहभागी थिए ।