धादिङ । एसईई २०७९ को नतिजा सार्वजनिक भए सँगै धादिङ बेसी सदरमुकाम स्थित नीलकण्ठ माविका छात्र सुवाश श्रेष्ठ र रितेश रिजालले ३.९६ जीपीए लाएका छन् ।
नीलकण्ठ माविका प्रधानाध्यापक ध्रुर्व अधिकारीका अनुसार सुवाश र रितेश दुबै जना इन्जिनियरिङ तर्फका विद्यार्थी हुन् । यस्तै नीलकण्ठ कै साधरण तर्फ पुष्पादेवी पौडेलले ३.९५ जीपीए, अभिशेक तामाङले ३.९२ जीपीए, आसुतोश अधिकारी र भगवान पौडेलले ३.९० जीपीए ल्याएका छन् ।
यस वर्ष नीलकण्ठ माविबाट २४० जना विद्यार्थीले परिक्षा दिएका थिए । धादिङबाट एसईई २०७९ मा ५ हजार ३ सय ८९ जना विद्यार्थीहरुले परिक्षा दिएका थिए । जसमा नियमित तर्फ ५ हजार ८७ जना, प्राविधिक तर्फ २ सय ४७ जना र ग्रेड वृद्धि तर्फ ५५ जनाले परिक्षा दिएका थिए ।