धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपलिकाको १५ औं गाउँसभाले आर्थिक वर्ष २०८१/०८२ को लागि ८९ करोड ७५ लाख ८३ हजारको अनुमानित वजेट तय गरेको छ ।
असार ८ गते पालिका प्रमुख कृष्णबहादु थपलिया (विवेक) ले लोकप्रिय नारा सहितको १७५ बुँदे नीति तथा कार्यक्रम ल्याएका थिए भने ९ गते उप प्रमुख टापबहादुर श्रेष्ठले उक्त नीति कार्यक्रम भित्र रहेर बजेट ल्याएका थिए ।