धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपलिकाको १५ औं गाउँसभाले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पास गरेको छ । गाउँपालिका प्रमुख कृष्णबहादुर थपलिया (विवेक) ले सभा सामु १७५ बुँदे नीति तथा कार्यक्रम पेस गरेका थिए । बजेट शनिबार बिहान ९ बजे गाउँसभामा पेस गर्ने कार्यक्रम रहेको छ ।
नीति तथा कार्यक्रम समेटिएका नाराहरु
‘आर्थिक समृद्धिको आधार, कृषि तथा पशुपालन क्षेत्र विस्तार’
‘म गर्छु कृषि, कहि जान्न देश बिर्सी’
‘एक वडा एक उत्पादन’
‘बेनीघाट रोराङको शानः विषादी मुक्त खानपान’
‘युवामा लगानी ल्याउँछ विकासको बिहानी’
‘बेनीघाट रोराङको कर्म जेष्ठ नागरिक सेवामा धर्म’
‘एक टोल एक चौतारी-बेनीघाट रोराङको फूलबारी’
आगामी आथिएक वर्षका लागि पास भएको नीति तथा कार्यक्रममा‘आर्थिक समृद्धिको आधार, कृषि तथा पशुपालन क्षेत्र विस्तार’ को नीति लिई खाद्यान्न, तरकारी, फलफूल तथा दुग्ध तथा मासुजन्य उत्पादनमा वृद्धि गरी गाउँपालिकालाई आत्मनिर्भर बनाइने
म गर्छु कृषि, कहि जान्न देश बिर्सी’ भन्ने भावनाका साथ देशमै कृषि कर्म गर्न युवालाई उत्प्रेरित गरिने, एक वडा एक उत्पादन’ को नीति अवलम्बन गरी नगदेबाली फलफूल तथा तरकारी खेती प्रबर्धनको कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरिएको छ ।
यस्तै एक वडा एक खेल मैदान नीति सँगै खेलकुदलाई विद्यालय तहदेखि नै अनिवार्य बनाईने नीति तथा कार्यक्रममा भनिएको छ ।