चन्द्रोदय क्याम्पस जाने सडक कालेपात्रे

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ २८, २०८१

धादिङ । बेनिघाट रोराङ ५ स्थित चन्द्रोदय बहुमुखी क्याम्पसमा एमाले र कांग्रेस निकट विद्यार्थी संगठनहरुको संयुक्त गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै स्ववियू सभापतिमा विजयी भएका अखिल (क्रान्तिकारी) का सञ्जित सुवेदीले आफ्नो पहिलो चुनावी एजेण्डा पुरा गरेको बताएका छन् ।

स्ववियू निर्वाचनमा आफुले मुख्य सडकदेखि क्याम्पस सम्मको कच्ची सडक कालो पत्रे गरिने एजेण्डा राखेको थिएं । त्यो एजेण्डा आफ्नै पहलमा बागमती प्रदेश सरकारले बजेट विनियोजन गरि कालो पत्रे गर्ने काम भएको उनले धादिङपोष्टलाई बताए ।

आफूले उठाएका शैक्षिक सवालका एजेण्डाहरु कति पुरा भईसकेको र कति पय पुराहुने क्रममा रहेको उनी बताउँछन् । सभापति सुवेदीका अनुसार ४० लाखमा क्याम्पस जाने सडक कालो पत्रे गर्ने काम पुरा भएको हो ।

स्ववियू निर्वाचनमा अखिल (क्रान्तकारी) तर्फबाट सुवेदीको चुनावी एजेण्डा के -के थियो ?

  • चन्द्रोदय बहुमुखी क्याम्पस, विशालटारको मावि देखी क्याम्पससम्मको बाँकी बाटो कालोपत्रे (पिच) गर्ने ।
  • चेपाङ वर्गका विद्यार्थीहरुलाई लक्षित गरि चन्द्रोदय बहुमुखी क्याम्पसमा चेपाङ विद्यार्थीहरु र विपन्न वर्गका विद्यार्थीहरुको भर्ना शुल्क निःशुल्क गराउने ।
  • विद्यार्थीहरुको स्वास्थ्यलाई ध्यानमा राखी हरेक ६-६ महिनामा आखाँ/स्वास्थ्य शिविर सञ्चालन गर्ने ।
  • चन्द्रोदय बहुमुखी क्याम्पसमा बेनीघाट रोराङ गा.पा. र ग्रामिण खानेपानी विकास बोर्डसँग समन्वय गरी Water Purified स्वच्छ/शुद्ध खानेपानी व्यवस्था गर्ने ।
  • त्रिभुवन विश्वविद्यालय सँग समन्वय गरि क्याम्पसमा अध्ययनरत विद्यार्थीको रु. ५०० वरावर रु. ३०,००० सम्मको स्वास्थ्य उपचार विमा गराउने ।
  • छात्रा विद्यार्थीहरुको लागि Pad Box बनाउने र प्रत्येक महिना पर्याप्त Pod उपलब्ध गराउने ।
  • क्याम्पससँग समन्वय गरी Computer Class लाई व्यवस्थित गराई सबै कक्षाका विद्यार्थीहरुलाई computer Class उपलब्ध गराउने ।
  • गुणस्तर र सरसफाईलाई विषेश ध्यान दिई canteen मा स्वच्छ तथा ताजा खाना/खाजा उपलब्ध गराउने ।
  • चन्द्रोदय बहुमुखी क्याम्पसको विस्तार गर्दै सम्बन्धित निकाय स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय गरी कृषी क्याम्पस बनाउन पहल गर्ने ।
  • विद्यार्थीले क्याम्पसबाट लिन सक्ने र क्याम्पसले दिनुपर्ने सबै सेवासुविधाहरु सहज रुपमा उपलब्ध गराउने ।
  • अपाङ्ग भएका विद्यार्थीहरुलाई सिपमुलक कार्यक्रम र निःशुल्क शिक्षा सहित गाउँपालिका सँग समन्वय गरी रोजगारीको व्यवस्था गर्ने ।
  • रोजगार गर्न चाहने विद्यार्थीहरुलाई स्थानीय स्तरको विभिन्न संघ संस्था, गाउँपालिकामा खुलेका कोटाहरुमा रोजगार प्रदान गर्न पहल गर्ने ।