
धादिङ । महालेखा परीक्षकको कार्यालयको ६१ औं प्रतिवेदन २०८१ अनुसार धादिङको बेनीघाट रोराङ गाउँपालिकामा २०७९/८० मा बेरुजु शुन्य देखिएको छ । देश भरीबाट पाँच वटा स्थानीय तहहरुको बेरुजु शुन्य देखिँदा पाँच मध्य बेनीघाट रोराङ पनि परेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वमुल्याङ्कन कार्यविधि अनुरुप ९९.७५ प्रतिशत अंकका साथ ७५३ स्थानीय तह मध्य द्वितिय भएको धादिङको बेनीघाट रोराङ महालेखाको प्रतिवेदन अनुसार २०७९–८० मा शुन्य बेरुजु हुँदा धादिङका स्थानीय तह मध्य सबैभन्दा धेरै ९.१३ प्रतिशत बेरुजु देखिनेमा धुनीबेसी नगरपालिकामा रहेको छ ।
