एड्भान्समा निर्वाचनबाट विद्यार्थीको नेतृत्व चयन

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख २७, २०८१

धादिङ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा निर्वाचन प्रक्रियाबाट विद्यार्थीको नेतृत्व चयन गरिएको छ । विद्यालयको सामाजिक तथा साधारण शिक्षा विभागले निर्वाचन मार्फत विद्यार्थीको नायक, सह नायक, बाल क्लबको अध्यक्ष तथा जुनियर÷युवा रेडक्रस सभापतिको चयन गरेको प्रिन्सिपल भिमबहादुर श्रेष्ठले बताए ।

निर्वाचनमा कक्षा ९ का रोमन श्रेष्ठ नायकमा निर्विरोध चयन भएका थिए भने सह नायकमा कक्षा ४, ५ र ६ बाट छात्र/छात्रा १/१ जना र कक्षा ७ र ८ बाट छात्र/छात्रा १/१ जना, बालक्लपको अध्यक्ष १ जना र जुनियर/युवा रेडक्रसको सभापति १ जना गरी सबै पदकको लागि मतदान भएको उनले बताए ।

तीन वटा केन्द्रमा ‘क’ मा मतदान अधिकृत थम्कराज बसौला, ‘ख’ मा अम्बिका रिजाल, ‘ग’ मा सुदिप पोख्रेल रहेका थिए । विद्यालयका कक्षा ४ देखि १० सम्ममा विद्यार्थी मतदाता संख्या २९४ जना थियो । जसमा २६३ मत खसेको थियो । केन्द्र ‘क’ मा जम्मा मतदाता ११४ मध्ये १०६ मत, केन्द ‘ख’ मा जम्मा मतदाता ९२ मध्ये ७९ मत र केन्द्र ग मा ८८ मतदाता मध्ये ७८ मत खसेको थियो ।

विजयीहरुको नामावली
सह-नायक कक्षा ७ र ८ बाट छात्र अमन गुर्छान मगर
सह-नायक कक्षा ७ र ८ बाट छात्रा खुसी राना मगर
सह-नायक कक्षा ४, ५र ६ बाट छात्र जोनस आले
सह-नायक कक्षा ४, ५ र ६ बाट छात्रा सुस्मिता गुरुङ
ACCA बाल क्लवको अध्यक्ष जेनिसा घले
युवा जुनियर रेडक्रस सर्कलको सभापति संगम लम्साल

विजयी विद्यार्थीहरुलाई विद्यालय प्रिन्सिपल श्रेष्ठ, निर्वाचन अधिकृत थम्कराज बसौला र विद्यालय संचालक समितिको अध्यक्ष अर्जुन कुमार श्रेष्ठले टिका र खादाबाट सम्मान तथा बधाई दिएका थिए । यस निर्वाचन प्रक्रियाले विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरुले सामाजिक अध्ययन गर्नुपर्ने निर्वाचन प्रक्रियाको व्यवहारिक ज्ञान समेत सिकाउने उद्देश्यले उक्त निर्वाचन कार्यक्रम संचालन गरिएको संचालनक समितिका अध्यक्ष श्रेष्ठले बताए ।