बागमतीबाट धादिङका ३ जना छनोट

Avatar photo
नारायण सिलवाल
मङ्लबार, बैशाख ४, २०८१

धादिङ । यहि बैशाख ७ गते देखि हुने एन्फा महिला लिग-२०२४ छनौट फुटबल प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेतमा हुँदै छ । उक्त प्रतियोगिताको लागि धादिङका तीन जना खेलाडी बागमती प्रदेशको टीम पर्न सफल भएका छन् ।

एन्फा धादिङका महासचिव रामहरि थापाका अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा कर्णाली प्रदेश खेलकुद विकास परिषद्को समन्वय र जिल्ला फुटबल संघ सुर्खेतको सह-आयोजनामा हुने उक्त प्रतियोगिताका लागि बागमतीको टिमबाट धादिङका रविना गुरुङ, रितु घले र अनु भुसाल खेल्ने भएका हुन् ।

धादिङको महिला फुटबलको उचाईलाई टेवा दिई रहेका खेलाडी मध्य पर्ने यी तीन खेलाडी सहभागी धादिङ टिमले यसअघि जिल्ला लिग हुँदै प्रदेश लिगको फाईनल समेत खेलिसकेको छ । ०७८ को उक्त प्रदेश स्तरीय लिगमा भने उनीहरु सहभागी धादिङ टिम फाईनलमा मकवानपुर सँग स्तब्ध बन्न पुगेको थियो । उनीहरु विगत ५ वर्ष देखि नियमित फुटबल खेलिरहेका जिल्लाका खेलाडी हुन् ।