धादिङको महिला फुटबल टिम मकवनपुर सँग पराजित हुँदा उपविजेता

Avatar photo
Dhadingpost
शनिबार, चैत्र १२, २०७८

धादिङ । बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता अन्तरगत धुलीखेल रंगशालामा जारी महिला फुटबल प्रतियोगिताको फाईनलमा मकवानपुर सँग पराजित हुँदा धादिङ टिम उप-विजेतामा सिमित बनेको छ ।

शनिबार बिहान भएको फाईनल खेलमा पहिलो पहिलो हाप बराबरीमा सकिएको थियो भने दोस्रो हापको अन्त्यमा थपिएको अतिरिक्त समयमा मकवानपुरले गोल गर्दा धादिङको महिला फुटबल टिम उप-विजेतामा रोकिएको हो ।

क्वाटर फाईलनलामा काठमाडौंलाईको १ गोलका विरुद्ध २ गोल गर्दै सेमिफाईनल पुगेको धादिङको महिला फुटबल टिमले सेमिफाईनलमा दोलखाको १ गोल विरुद्ध ३ गोल गर्दै फाईनल यात्रा तय गरेको हो । फाईनल पुग्न धादिङका खेलाडीहरु रितु घले, कमला घले र सम्झना राईले १/१ गोल गरेका थिए ।

बागमती प्रदेश स्तरीय ८ विधाका खेलकुद प्रतियोगितामा महिलातर्फ ९३९ र पुरुषतर्फ १,२४९ गरि कुल २,१८८ जना खेलाडीले आ–आफ्नो विधामा स्पर्धा गरेका छन् ।