धादिङको दशौं एन्फा लिगको आज तेस्रो दिनको खेल अपडेट

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन २९, २०८०

धादिङ । धादिङ जिल्ला फुटबल संघको आयोजनामा आईतबारबाट जारी दशौं एन्फा लिग प्रतियोगितामा आज तेस्रो दिनको पहिलो खेलमा धादिङ समाज खेल्न नआएपछि स्वत वियी हुँदै न्यू स्टार युवा क्लव, थाक्रेले ३ अंक बटुलेको छ ।

यस्तै दोस्रो खेलमा पञ्चकन्या युवा क्लव, थाक्रे र ब्वाईज युनाईटेड, नीलकण्ठले गोल रहित खेल्दै १–१ अंक बढेका छन् भने आजको तेस्रो खेलमा पनि धुनीबेसी युवा क्लव, धुनीबेसी र गलौदी युवा क्लव, गजुरीले गोल रहित बराबरी खेलेपछि १–१ अंक बढेका छन् ।

कुन पोलमा कुन टिम
पोल ‘A’
गजुरी सामुदायीक विकास समाज गजुरी
भद्रकाली सामुदायीक विकास समाज, बेनीघाट रोराङ
इन्द्राणी युवा क्लव, गजुरी
पञ्चकन्या युवा क्लव, थाक्रे
ब्वाईज युनाईटेड, नीलकण्ठ

पोल ‘B’
विद्यार्थी उपकार संघ, नीलकण्ठ
धुनीबेसी युवा क्लव, धुनीबेसी
धादिङ सामाज धादिङ, नीलकण्ठ
गलौदी युवा क्लव, गजुरी
न्यू स्टार युवा क्लव, थाक्रे

धुनीबेसी स्थित निर्माणधिन रंगशालामा जारी यस प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५० हजार र उपविजेता टिमलाई ७५ हजार र सान्तोना २ टिमलाई २५–२५ हजार प्रदान गरिने छ भने पाँच उत्कृष्ट विधामा पर्ने खेलाडीलाई जनही ५ हजार प्रदान गरिने समेत महासचिव रामहरि थापाले धादिङपाेष्टलाई बताए ।