धादिङ एन्फा लिगको खेल तालिका आज सार्वजनिक गरिने

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन २४, २०८०

धादिङ । धादिङ जिल्ला फुटबल संघले आज दिनको १ बजे पत्रकार सम्मेलन गरि यहि फागुन २७ गते देखि धुनीबेसी नगरपालिका स्थित निर्माणधिन रंगशालामा हुने जिल्ला स्तरीय एन्फा लिगको खेल तालिका सार्वजनिक गर्ने भएको छ ।

महासचिव रामहरी थापाका अनुसार मंगलबार सम्पन्न जिल्ला कार्यसमितिले बैठकले उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शालिकराम जम्कट्टेल ल्याउने निर्णय गरेको छ । विगतका वर्षहरुमा भदा झनै भव्य रुपमा जिल्ला लिग सम्पन्न गर्ने तयारीमा लागेका छौं उनले धादिङपोष्टलाई बताए ।

दशौं जिल्ला लिग खेल्ने १० क्लवहरु
१. विद्यार्थी उपकार संघ, नीलकण्ठ
२. धुनीबेसी युवा क्लव, धुनीबेसी
३. इन्द्राणी युवा क्लव, गजुरी
४. गलौदी युवा क्लव, गजुरी
५. धादिङ सामाज धादिङ, नीलकण्ठ
६. न्यू स्टार युवा क्लव, थाक्रे
७. पञ्चकन्या युवा क्लव, थाक्रे
८. भद्रकाली सामुदायीक विकास समाज, बेनीघाट रोराङ
९. गजुरी सामुदायीक विकास समाज गजुरी
१० ब्वाईज युनाईटेड, नीलकण्ठ