
धादिङ । धादिङ जिल्ला फुटबल संघको बैठक आज दिउँसो ११ बजे गजुरीको गलौदी स्थित आफ्नै भवनमा बस्ने भएको छ ।
यहि २७ गते देखि हुने एन्फा जिल्ला लिगको तयारीमा रहेको धादिङ जिल्ला फुटबल संघको बैठकले लिग संचालनका बारे नै छलफल हुने महासचिव रामहरि थापाले धादिङपोष्टलाई बताए ।
फागुन १९ देखि गर्ने भनिएको लिग सूचना टास गरेर फागुन २७ गते देखि हुने जनाईए अनुसार यतिबेला क्लवहरु पनि तयारीमा जुटेका छन् ।
यस दशौं जिल्ला लिग खेल्ने १० क्लवहरु
१. विद्यार्थी उपकार संघ, नीलकण्ठ
२. धुनीबेसी युवा क्लव, धुनीबेसी
३. इन्द्राणी युवा क्लव, गजुरी
४. गलौदी युवा क्लव, गजुरी
५. धादिङ सामाज धादिङ, नीलकण्ठ
६. न्यू स्टार युवा क्लव, थाक्रे
७. पञ्चकन्या युवा क्लव, थाक्रे
८. भद्रकाली सामुदायीक विकास समाज, बेनीघाट रोराङ
९. गजुरी सामुदायीक विकास समाज गजुरी
१० ब्वाईज युनाईटेड, नीलकण्ठ