उत्कृष्ट खोज्दै गाउँपालिका महासंघ

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन ६, २०८०

काठमाडौं । देशभर ४ सय ६० गाउँपालिका छन् । यीमध्ये उत्कृष्ट गाउँपालिकालाई यस वर्षदेखि पुरस्कृत गर्ने तयारी गाउँपालिका राष्ट्रिय महासंघले गरेको छ । जसका लागि सामाजिक विकास, स्थानीय पूर्वाधार, स्थानीय आर्थिक, वन वातावरण तथा विपद् व्यवस्थापन र संस्थागत विकास तथा शुसासनको क्षेत्रमा उत्कृष्ट काम गरेको हुनुपर्ने महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेको भनाइ छ।

उनका अनुसार उत्कृष्ट पालिका छनोटका लागि समिति बनाइएको छ। आगामी चैतमा हुने महासंघको वार्षिक साधारणसभामा पुरस्कृत गर्ने योजना छ। सात प्रदेशबाट एक÷एकवटा पालिका छनोट गरिने पाण्डेको भनाइ छ। गाउँपालिकाहरूबीच सकारात्मक प्रतिस्पर्धाका माध्यमबाट मुलुकमा स्थानीय शासन प्रक्रियालाई सुदृढीकरण गर्न गत पुस ८ गते बसेको बैठकले ‘उत्कृष्ट गाउँपालिका छनोट कार्यविधि’ जारी गरेको उनी बताउँछिन् । समाचार सस्रोत अन्नपूर्ण पोष्ट