
धादिङ । नीलकण्ठ १४ धुवाँकोट पात्लेमा पुस २५ गतेबाट विद्यार्थी उपकार संघको आयोजनामा जारी नवौं मानबहादुर मेमोरियल कप 7 “A” साइड खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाईनल खेल भोली माघ २ गते दिउँसो जनआवाज युवा क्लव माने र चिसा पानी युवा क्लव बीच हुने भएको छ ।
आज भएको ससेमिफाईनल खेलमा जनआवाज युवा क्लव मानेले खरबारी युवा क्लवलाई १–० को गोल अन्तरले हराएको थियो जनआवाजलाई फाईनल पुर्याउनका लागि सन्दिप सेन्चुरीले १ गोल गरेका थिए । यस्तै चिसा पानी युवा क्लवले बिहानी युवा क्लवलाई ७–२ को गोल अन्तरले हराउँदै फाईनल पुगेको छ । चिसा पानीको फाईनल यात्राका लागि विपिन कडेलले २, सोम गुरुङले २, राजिव लोप्चनले २ र रवि भण्डारीले १ गोल गरेका थिए ।
फाईनलमा खेल्ने खेलाडीहरु
- चिसा पानी युथ क्लवबाट: सुजन खनाल, रवि भण्डारी, विपिन कडेल, समिर गुरुङ, रुपेश अधिकारी, राजिव लोप्चन, दिपक थापा, सनम शेर्पा, पुस्कर खड्का, एकराज तामाङ ।
- जनआवाज युवा क्लवबाट: देव तामाङ, अनिल तामाङ, सन्दिप सेन्चुरी, हार्दिक भण्डारी, ससुरज गुरुङ, सोनम मगर, मनिश पौडेल, शुसन श्रेष्ठ, जिवन गुरुङ र लक्ष्मण शाही ।
आयोजक संस्थाका सचिव प्रेम तामाङका अनुसार प्रथमलाई १ लाख ३० हजार, उप विजेता पुरस्कार ६० हजार पाउने छन् भने सेमिफाईनलमा रोकिएका बिहानी युवा क्लव र खरबारी युवा क्लवले २०–२० हजार पुरस्कार प्रदान पाउने छन् । यस नवौं मानबहादुर स्मृति कप फुटबल प्रतियोगिताको लागि पुर्ण पाख्रिनले प्रथम पुरस्कारका लागि १ लाख ३० हजार सहयोग गरेका छन् । भोली माघ २ गते फाईल खेल सकिएपछि ल्होछार विशेष सांस्कृतिक कार्यक्रमका बीच खेलाडीहरुलाई पुरस्कार वितरण हुने बताईएको छ । ल्होछार कार्यक्रमका लागि कलाकारहरु विसान पाख्रिन, बैरागी मोक्तान, रामबहादुर गुरुङ, मनमायाँ वाईवा, रोनिश तामाङ र सैलाप वाईवा आउने बताईएको छ ।
गत साल सम्पन्न आठौं मानबहादुर मेमोरियल कप फुटबल धादिङ नेत्रावती डवजोङ सेमजोङको डब्जोङ क्षेत्र संरक्षण समाजलाई १(२ को गोल अन्तरले हराउँदै नुवाकोटको दाङसिङ युवा क्लवले जितेको थियो । उक्त प्रतियोगितामा प्रथमलाई १ लाख २५ हजार र उपविजेतालाई ६० हजार प्रदान गरिएको थियो ।