धादिङ । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस) धादिङद्वारा आयोजित जिल्ला स्तरीय अन्तरमावि भलिबल प्रतियोगितामा धादिङबेसी स्थित एड्भास एकेडेमी, गल्छीको बागेश्वरी मावि, खनियाबासको बच्छलादेवी मावि,, ज्वालामुखीकाे संस्कृत मावि, देउराली मावि र धुनीबेसीको बुद्धभिजन एकेडेमी क्वाटरफाईल प्रवेश गरेका छन् ।
समूह घ मा रहेको एड्भान्स एकेडेमीले नलाङ पात्ले मावि, चिल्ड्रपार्क मावि, सिद्धेश्वर माविलाई पराजित गर्दै क्वाटरफाईल प्रवेस गरेको हो भने बागेश्वरी मावि र संस्कृत माविले नीलकण्ठ माविलाई पराजित गर्दै क्वाटरफाईनल पुगेका छन् । यस्तै समुह ख मा रहेका बुद्धभिजन एकेडेमी र बच्छलादेवी मावि नीलकण्ठ बहुप्राविधिकलाई हराउँदै क्वाटरफाईल यात्रा तय गरेका हुन् । त्यसै गरि क समुहबाट पशुपति मावि पनि क्वाटरफाइनल पुगेका छन् । अरु कुन-कुन टिम क्वाटर फाईनल पुग्छन् भन्ने टुङ्गो लाग्न अझै लिग चरणको चार खेल बाँकी रहेको रेफ्री संयोजक सन्दिप थापामगरले बताए ।
प्रथमलाई ५० हजार, द्वितियलाई ३० हजार, तृतियलाई १५ हजार र सान्तोनालाई ५ हजार पुरस्कार राशी रहेको नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य तथा धादिङ इन्चार्ज सुगन थापामगरले धादिङपोष्टलाई बताए । प्रतियोगिताको उद्घाटन शुक्रबार एक समारोहका बीच (नेकोस) का केन्द्रिय अध्यक्ष कृष्ण बस्नेत (परशुराम) ले गरेका थिए । (यस अघि प्रकाशित समाचारमा क्वाटरफाइनल पुग्ने केही टिमकाे नाम छुट्न गएकाेमा सच्याईएकाे छ -सम्पादक)