नेकोस धादिङको भलिबल कप सुरु १४ टिम सहभागी (खेल तालिका समेत)

Avatar photo
Dhadingpost
शुक्रबार, पुस २७, २०८०

धादिङ । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस) धादिङ आयोजनामा आजबाट माध्यामिक विद्यालय जिल्ला स्तरीय लिकम नकआउट छात्र भलिबल प्रतियोगिता धादिङबेसी स्थित कभर्डहल परिसरमा सुरुभएको छ ।

खेल चार समूह बनाएर खेलाउन सुरुगरिएको छ जसमा समूह क मा ज्योति मावि थाक्रे, पशुपति मावि नीलकण्ठ, चण्डेश्वरी मावि नीलकण्ठ र देउराली मावि समूह ख मा बच्छलादेवि मावि खनियाबास, नीलकण्ठ बहुप्राविधिक र बुद्ध भिजन एकेडेमी धुनिवेशी समूह ग मा संस्कृत मावि ज्वालामुखी, नीलकण्ठ मावि, र बागेश्वरी मावि गल्छी समूह घ मा एड्भान्स एकेडमी, नलाङ पात्ले मावि सिद्धलेक, चिल्ड्रेन पार्क रसिद्धेश्वर मावि सिद्धलेक रहेका छन् ।

रेफ्री संयाेजक सन्दिप थापामगरका अनुसार आज भएको पहिलाे दिनकाे खेलमा पशुपति मावि, बच्छलादेवी मावि र संस्कृत माविले विजयी सुरुवात गरेका छन् । पशुपतिले ज्याेती माविलाई, बच्छलादेवीले नीलकण्ठ बहुप्राविधिकलाई र संस्कृत माविले नीलकण्ठ माविलाई पराजित गर्दै विजयी सुरुवात गरेका हुन् । यश प्रतियोगिताको पुरस्कार राशी प्रथमलाई ५० हजार, द्वितियलाई ३० हजार, तृतियलाई १५ हजार र सान्तोनालाई ५ हजार रहेको छ ।

१४ टिम सहभागी रहेको यस प्रतियोगिताको उद्घाटन (नेकोस) का केन्द्रिय अध्यक्ष कृष्ण बस्नेत (परशुराम) ले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य खेमप्रसाद लोहनी, जानुका सिंखडा, जिल्ला अध्यक्ष भूमि त्रिपाठी, जिल्ला सचिव अर्जुनकसुमार श्रेष्ठ गोर्खाली, उप सचिव राधिका सापकोटा, नेकोसका बागमती प्रदेश अध्यक्ष सिताराम कार्की, केन्द्रिय सदस्य तथा धादिङ इन्चार्ज सगुन थापामगर लगायतको आतिथ्यता रहेको थियो भने कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष मदन खड्काले गरेका थिए ।

खेल तालिका