धादिङका अनु, रेखा र सृजना बागमती प्रदेशबाट यु-१६ फुटबलका लागि छनोट

Avatar photo
Dhadingpost
मङ्लबार, पुस १७, २०८०

धादिङ । दक्षिण एशियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार मिति २०८० फाल्गुण १८ गते देखि २८ गते ( सन् २०२४ मार्च १ देखि ११ ) सम्म आयोजना हुने SAFF U-16 Women’s Championship 2024 मा नेपाली राष्ट्रिय यू-१६ महिला फुटबल टिमका लागि अखिल नेपाल फुटबल संघ बागमती प्रदेशले खेलाडी छनोट गरेको छ ।

प्रदेश भित्रका जिल्लाबाट छनोट भएर आएका खेलाडीहरु बीच एन्फा बागमती प्रदेशले ३५ जना खेलाडी, राष्ट्रिय छनोट प्रतियोगिताको लागि छनोट गरेको हो । जसमा धादिङको थाक्रे गाउँपालिका निवासी अनु भुसाल, गजुरी गाउँपालीका निवासी रेखा अधिकारी र सिद्धलेक गाउँपालिका निवासी सृजना तामाङ गरी ३ जना परेका छन् । एन्फाले राष्ट्रिय छनोट प्रतियोगिताबाट यु-१६ राष्ट्रिय टिम बनाई साफमा भाग लिने छ ।

बागमती प्रदेशले केहि दिन अघि २०८० माघ १८ गते देखि २८ गते (सन् २०२४ फेब्रुअरी १ देखि ११) सम्म हुने SAFF U-19 Women’s Championship 2024 प्रतियोगिताको लागि यु-१९ का महिला खेलाडी छनोट गरेको थियो । जसमा धादिङ थाक्रे निवासी सजिता तामाङ छनोट भएकी थिईन् ।