धादिङकी सजिता बागमती प्रदेशबाट छनोट

Avatar photo
Dhadingpost
शुक्रबार, पुस १३, २०८०

धादिङ । दक्षिण एशियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार मिति २०८० माघ १८ गते देखि २८ गते (सन् २०२४ फेब्रुअरी १ देखि ११) सम्म हुने SAFF U-19 Women’s Championship 2024 प्रतियोगिताको लागि यति बेला प्रदेश स्तरीय छनोट खेलहरु भैरहेका छन् । जस अन्तरगत बागमती प्रदेशको छनोट पार गर्दै धादिङ थाक्रे निवासी सजिता तामाङ प्रदेश छनोट पार गर्न सफल भएकी छिन् ।

एन्फा बागमती प्रदेशले काभ्रेपलान्चोकको धुलिखेल यु-१९ महिला फुटबल छनौट गरेको हो जसमा धादिङ जिल्ला छनोट पार गरि प्रदेशको छनोटसमेत सजिता पार गर्न सफल भएकी छिन् । उनी अब अन्तर प्रदेश (राष्ट्रिय) छनोट प्रतियोगितामा सहभागी हुने छिन् । एन्फाले राष्ट्रिय छनोट प्रतियोगिताबाट यु-१९ राष्ट्रिय टिम बनाई साफमा भाग लिने छ ।

बागमती प्रदेशले यु १९ का २५ जना छनोट गर्दा काभ्रेपलान्चोकबाट ३ जना, नुवाकोटबाट ४ जना, भक्तपुरबाट ३ जना, काठमाडौं २ जना, धादिङ र दोलखाबाट १–१ जना, मकवानपुरबाट २ जना, ललितपुरबाट ५ जना, चितवनबाट ४ जना परेका हुन् ।