धादिङका विपिन आवद्ध पोखरा फाईनल पुग्न आज ललितपुर सँग भिड्दै

Avatar photo
Dhadingpost
बिहिबार, पुस १२, २०८०

धादिङ । धादिङका विपिन कडेल आवद्ध पोखरा थन्डर्स जारी नेपाल सुपर लिगको फाईनल पुग्न आज ललितपुर सिटी एफसी सँग दशरथ रंगशालामा बेलुका ५ः३० बजे खेल्ने छ । पहिलो खेल एफसी चितवनलाई हराउन धादिङका विपिनले महत्वपूर्ण भूमिका खेलेका थिए ।

पछिल्लो समय आफ्नो करियरलाई फुटबल सँग जोडेका धादिङ फूटबलका हस्ती बिपिन कडेल जारी नेपाल सुपर लिग खेल्ने धादिङका एक्ला खेलाडी हुन् । २०७८ मा जाउलाखेल क्लवबाट ए डिभिजन यात्रा गरेका बिपिनले नेपाल सुपर लिगको पहिलो संस्करण झापा एफसीबाट खेलेका उनले जारी सुपर लिग पोखरा थन्डर्समा छन् ।

धादिङको फुटबल ईतिहास हेर्ने हो भने बिपिन नै हुन् सुपरलिग सम्म यात्रा गर्ने पहिलो खेलाडी । यसअघि डिभिज स्तरीय प्रतियोगिता खेलेका धादिङका अन्य दुई खेलाडी इश्वर गुरुङ वैदेशिक रोजगारीमा छन् भने सुमन डङ्गोल घाईते छन् ।
यी तीन जना नै हुन धादिङबाट माथिल्लो स्तरको प्रतियोगिता खेल्ने फुटबल खेलाडीहरु, यी तीन मध्य दोस्रो पटक सुपर लिग खेल्न अवसर भने बिपिनले मात्रै पाए । बिपिनलाई पोखरा थन्डर्सले १ लाखमा अनुबन्धन गरेको हो ।

पोखरा र ललितपुरलले यसअघि दुबै भेटमा अंक बाढेका थिए । लिग चरणमा यसपटक र सन् २०२१ को पहिलो संस्करणमा पनि पोखरा र ललितपुरले गोलरहित बराबरी खेलेका थिए । फाइनल पुग्ने अन्तिम मौका लागि सदुपयोग गर्न दुबै टोलीले हरसम्भव प्रयास गर्नेछन् । दुई मध्ये जुन टोली विजयी भएपनि उसको पहिलो फाइनल यात्रा हुनेछ ।

पोखरा थन्डर्स टिम
मार्की : आयुष घलान
प्रशिक्षक : नवीन न्यौपाने, सहायक प्रशिक्षक : राजेन्द्र तामाङ, गोलरक्षक प्रशिक्षक : विनोद महर्जन, राजु सिंह
आइकोनिक खेलाडी : दिनेश राजवंशी
विदेशी खेलाडी : मोजेस ग्याबा टुम, स्टेफान कोजो पप अनोर, जो आइडु (घाना), इभ्स प्रिसो एनजांगा, फ्रान्क्लिन क्वेटे टाला (क्यामरुन)
अक्सनमा अनुबन्धित खेलाडी : दिपेश आले मगर, अनिश पोमु लिम्बु, पदम भट्टराई, नरेन्द्र चौधरी, अन्जल महर्जन, पदमकुमार तामाङ, सुरज जिउ ठकुरी, कमलबहादुर थापा, सञ्जीव विष्ट, सुनिल घलान, जिवन गुरुङ, विपन कँडेल
थप खेलाडी : राजु योगी, सुदीप सुनार, अभिषेक लामा, नेल्सन तामाङ

ललितपुर सिटी फुटबल क्लब टिम
मार्की : अनन्त तामाङ
प्रशिक्षक : इयान गिलान (अष्ट्रेलिया), सहायक प्रशिक्षक : रविन्द्र शिलाकार, गोलरक्षक प्रशिक्षक : प्रविन श्रेष्ठ
विदेशी खेलाडी : जेफ्री विलि मार्सल बाल्टुस, पापा इबु केवे (फ्रान्स), ओमोलाजा करीम, इमोह एजेकेल (नाइजेरिया), नुर्लान नोभ्रुजोभ (अजरबैजान), निखिल कदम (भरत)
अक्सनमा अनुबन्धित खेलाडी : विवेक पौडेल, अनिल राई, सञ्जित राई, आदित्य शाक्य, अनिल महर्जन, सनिश श्रेष्ठ, दिनेश हेन्जन, निरज चौधरी, रोशन पहारी, विशाल सुनार, सेसेहाङ आङदेम्बे
अन्य खेलाडी : आशिष श्रेष्ठ, आश्विन घोरासैनी, लुज महर्जन, कुशल देउवा, विश्वास उदास, विश्वास उदास
स्वास्थ्य व्यवस्थापक : सुरज भुषाल, फिजियो : सौगात श्रेष्ठ