थाक्रेको जनजागृतिले लगातार ३ वर्ष खेल जित्दै शिल्ड आफ्नो बनायो

Avatar photo
Dhadingpost
शनिबार, मंसिर ३०, २०८०

धादिङ । थाक्रे गाउँपालिमा रहेका माध्यामिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, गत दुई वर्षको विजेता जनजागृतिले यो तेस्रो पटकको प्रतियोगिता पनि जित्दै राष्ट्रपति रनिङ शिल्ड आफ्नो बनाउन सफल भएको छ ।

मंसिर २४ देखी २६ सम्म थाक्रे १० स्थित दोभाने खेल मैदानमा भएको उक्त प्रतियोगितामा गत दुई वर्षको विजेता जनजागृति माविले १७ स्वर्ण, ९ रजत र ७ कास्य सहित ३३ पदकको साथमा यो वर्षको खेल जित्दै यो रनिङ शिल्ड आफ्नो बनाएको हो ।

थाक्रे गाउँपालिकाले कुल ४२ गोल्ड, ४२ रजत र ४२ कास्य पदकको लागि गरिएको प्रतिस्पर्धामा व्लुमिङ लोटस थाक्रे ८ ले १० स्वर्ण, ५ रजत र ९ कास्य सहित दोश्रो र केवलपुर हरिहर भोजकुमारी मा।वि ले ६ स्वर्ण, ११ रजत र ५ कास्य सहित तेश्रो स्थान हासिल गरेका थिए ।