थाक्रेको रनिङ शिल्ड जनजागृतीले जित्यो (खेल नतिजा सहित)

Avatar photo
Dhadingpost
शनिबार, माघ २८, २०७९

धादिङ । धादिङको थाक्रे गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जनजागृति माविले ११ स्वर्ण ४ रजत र १ कास्य सहित प्रथम बनेको छ । यस्तै ५ स्वर्ण ३ रजत ४ कास्य सहित ज्योति मावि द्धितीय हुँदा ४ स्वर्ण ४ रजत ३ कास्य सहित केबलपुर हरिहर भोजकुमारी मा बि तृतीय बन्यो।

पालिका भित्र रहेका १४ वटा विद्यालयका छात्रा र छात्र गरि ५ सय ८ जना विद्यार्थीहरु सहभागि यस प्रतियोगितामा आदर्श माविले ३ स्वर्ण ४ रजत १ कास्य, अमर्खु माविले २ स्वर्ण ३ रजत ३ कास्य, ब्लुमिङ लोटस १ स्वर्ण ३ रजत १ कास्य प्राप्त गरे ।
यस्तै महाङ्कालेश्वारी माविले १ स्वर्ण १ रजत ३ कास्य, कालिका मावि १ स्वर्ण २ रजत २ कास्य, महाकाली तसर्पु मावि १ स्वर्ण १ रजत ५ कास्य, लिलाकाली मावि १ स्वर्ण ,सेती देवी मावि २ रजत २ कास्य, लिती महांकाल मावि १ रजत ३ कास्य र लाटिदेवी माविले १ कास्य प्राप्त गरे । तस्वीरः राजाराम डंगोल