धादिङमा दोस्रो त्रिपुरासुन्दरी गोल्ड कप सुरु

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर २६, २०८०

धादिङ । धादिङको ऐतिहासिक धार्मिक पर्व त्रिपुरासुन्दरी माईको मन्दिरमा लाग्ने न्वागी मेला अर्थात सल्यानबेसी जात्राको अवसरमा गणेश स्थान युवा क्लव (जीवाईसी) को आयोजनामा आजबाट “दोस्रो त्रिपुरासुन्दरी गोल्ड कप – २०८०” पुरुष फुटबल प्रतियोगिता हाँसेपसल स्थित खेल मैदानमा सुरुभएको छ ।

मंसिर २८ गते सम्म चल्ने यस प्रतियोगिताको उद्घाटन त्रिपुरासुन्दरी गाउँपालिकाका प्रवक्ता कुश बादुर सिटउला (राजेन्द्र) ले गरेका थिए । प्रतियोगितामा १२ टिम सहभागि छन् ।

यस प्रतियोगितामा प्रथमले १ लाख ७७ हजार ७ सय ७७, उपविजेताले ७७ हजार ७ सय ७७, उच्च गोल कर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षकले जनही ३-३ हजार पाउने आयोजक क्लवका अध्यक्ष मनोज कडेलले धादिङपोष्टलाई बताए ।

गत वर्ष सम्पन्न, प्रथम त्रिपुरासुन्दरी गोल्डकप पुरुष फुटबल प्रतियोगितामा सुनपोखरी युनाईटेडलाई पराजित जीवाईसी आफैले जितेको थियो ।