धादिङका मुकेशले भारतमा हुने मुवाँथाई प्रतियोगिता खेल्ने

Avatar photo
Dhadingpost
आइतवार, मंसिर २४, २०८०

धादिङ । किक बक्सिङ्मा अन्तर्राराष्ट्रिय प्रतियोगिताहरु जिति सकेका धादिङ धुनीबेसी नगरपालिका २ छत्रेदेउराली निवासी मुकेश लुईटेलले भारतमा हुन गहिरहेको Pythian Games Festival 2023 अन्तरगत मुवाँथाई बक्सिङ्मा भाग लिने भएका छन् ।

भारतमा हुने उक्त Pythian Games Festival 2023 अन्तरगत मुवाँथाई बक्सिङ् विधामा उनी नेपालको प्रतिनीधित्व गर्दै ६५ केजी तौल समुहमा प्रतिस्पर्धा गर्ने छन् । मार्सलआर्ट अन्तरगत पर्ने मुवाँथाई राष्ट्रिय खेलकुद परिसदमा दर्ता भएको खेल विधा हो । मुकेश नेपाल राष्ट्रिय मुवाँथाई जिल्ला शाखा धादिङको उपाध्यक्ष समेत हुन् ।

प्रतियोगिता पुस ३ र ४ गते नयाँ डिल्लीमा हुनेछ । Nepal National Muay Thai Association Kathamandu मा रहेर किक बक्सिङ् खेल्ने धादिङका मुकेश यसअघि भुटानमा भएको दक्षिण एशिया स्तरीय किक बक्सिङ् प्रतियोगितामा पहिलो फाईट भारतलाई र सेसिफाईनलमा भुटानलाई हराउँदै फाईनलमा बंगलादेशलाई हराउँदै स्वर्ण पदक जितेका खेलाडी हुन् ।