धादिङका मुकेशले बंगलादेशलाई हराउँदै जिते, दक्षिण एशिया स्तरीय किक बक्सिङ्

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ ७, २०७९

धादिङ । धादिङ धुनीबेसी नगरपालिका २ छत्रेदेउराली निवासी मुकेश लुईटेल खत्रीले भु्टानमा सम्पन्न दक्षिण एशिया स्तरीय किक बक्सिङ् प्रतियोगितामा बंगलादेशलाई हराउँदै स्वर्ण पदक जितेका छन् ।

भुटानमा २०२२ अगष्ट २०-२१ तारिकका दिन भएको दक्षिण एशिया स्तरीय किक बक्सिङ् प्रतियोगितामा नेपालको प्रतिनीधित्व गर्दै गएका मुकेशले पहिलो फाईट भारतलाई र सेसिफाईनलमा भुटानलाई हराउँदै फाईनलमा बंगलादेशलाई हराउँदै स्वर्ण पदक जितेका हुन् ।

Nepal National Muay Thai Association Kathamandu  मा रहेर किक बक्सिङ् खेल्ने धादिङका मुकेशले उक्त प्रतियोगितामा ६० केजी तौल समुह तर्फ प्रतिपर्धा गरेका थिए ।