थाक्रेको राष्ट्रपति रनिङ शिल्ड मंसिर २४ देखि दोभाने खेल मैदानमा

Avatar photo
Dhadingpost
शनिबार, मंसिर २३, २०८०

धादिङ । धादिङको थाक्रे गाउँपालिले यस वर्षको माध्यामिक विदालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि मंसिर २४ देखि २६ गते सम्म दोभाने खेलमैदानमा गर्ने भएको छ । यस प्रतियोगिताबाट जिल्ला स्तरिय राष्ट्रिपति रानिङ शिल्का लागि खेलाडी छानिने छन् ।

गत वर्ष १४ वटा विद्यालयका छात्रा र छात्र गरि ५ सय ८ जना विद्यार्थीहरु राष्ट्रिपति रनिङ शिल्डमा सहभागिता जनाएका थिए जसमा जनजागृती मावि ११ स्वर्ण ४ रजत र १ कास्य सहित राष्ट्रपति रनिङ शिल्डमा पालिका प्रथम भएको थियो ।