धादिङ । पछिल्लो समय आफ्नो करियरलाई फुटबल सँग जोडेका धादिङ फूटबलका हस्ती बिपिन कडेल जारी नेपाल सुपर लिग खेल्ने धादिङका एक्ला खेलाडी हुन् । २०७८ मा जाउलाखेल क्लवबाट ए डिभिजन यात्रा गरेका बिपिनले नेपाल सुपर लिगको पहिलो संस्करण झापा एफसीबाट खेलेका उनले जारी सुपर लिग पोखरा थन्डर्सबाट खेलेका हुन् ।
धादिङको फुटबल ईतिहास हेर्ने हो भने बिपिन नै हुन् सुपरलिग सम्म यात्रा गर्ने पहिलो खेलाडी । यसअघि डिभिज स्तरीय प्रतियोगिता खेलेका धादिङका अन्य दुई खेलाडी इश्वर गुरुङ वैदेशिक रोजगारीमा छन् भने सुमन डङ्गोल घाईते छन् ।
यी तीन जना नै हुन धादिङबाट माथिल्लो स्तरको प्रतियोगिता खेल्ने फुटबल खेलाडीहरु, यी तीन मध्य दोस्रो पटक सुपर लिग खेल्न अवसर भने बिपिनले मात्रै पाए ।
बिपिनलाई पोखरा थन्डर्सले १ लाखमा अनुमन्धन गरेको हो । यो टिमले पहिलो खेल शनिबार एफसी चितवनलाई हराएको थियो । अब विपिन आवद्ध पोखरा थन्डर्सले बुधबार एक खेल जितेर आएको ललितपुर सँग खेल्ने छ ।
पोखरा थन्डर्स टिम
मार्की : आयुष घलान
प्रशिक्षक : नवीन न्यौपाने, सहायक प्रशिक्षक : राजेन्द्र तामाङ, गोलरक्षक प्रशिक्षक : विनोद महर्जन, राजु सिंह
आइकोनिक खेलाडी : दिनेश राजवंशी
विदेशी खेलाडी : मोजेस ग्याबा टुम, स्टेफान कोजो पप अनोर, जो आइडु (घाना), इभ्स प्रिसो एनजांगा, फ्रान्क्लिन क्वेटे टाला (क्यामरुन)
अक्सनमा अनुबन्धित खेलाडी : दिपेश आले मगर, अनिश पोमु लिम्बु, पदम भट्टराई, नरेन्द्र चौधरी, अन्जल महर्जन, पदमकुमार तामाङ, सुरज जिउ ठकुरी, कमलबहादुर थापा, सञ्जीव विष्ट, सुनिल घलान, जिवन गुरुङ, विपन कँडेल
थप खेलाडी : राजु योगी, सुदीप सुनार, अभिषेक लामा, नेल्सन तामाङ
ललितपुर सिटी फुटबल क्लब टिम
मार्की : अनन्त तामाङ
प्रशिक्षक : इयान गिलान (अष्ट्रेलिया), सहायक प्रशिक्षक : रविन्द्र शिलाकार, गोलरक्षक प्रशिक्षक : प्रविन श्रेष्ठ
विदेशी खेलाडी : जेफ्री विलि मार्सल बाल्टुस, पापा इबु केवे (फ्रान्स), ओमोलाजा करीम, इमोह एजेकेल (नाइजेरिया), नुर्लान नोभ्रुजोभ (अजरबैजान), निखिल कदम (भरत)
अक्सनमा अनुबन्धित खेलाडी : विवेक पौडेल, अनिल राई, सञ्जित राई, आदित्य शाक्य, अनिल महर्जन, सनिश श्रेष्ठ, दिनेश हेन्जन, निरज चौधरी, रोशन पहारी, विशाल सुनार, सेसेहाङ आङदेम्बे
अन्य खेलाडी : आशिष श्रेष्ठ, आश्विन घोरासैनी, लुज महर्जन, कुशल देउवा, विश्वास उदास, विश्वास उदास
स्वास्थ्य व्यवस्थापक : सुरज भुषाल, फिजियो : सौगात श्रेष्ठ
पहिलो संस्करण समेत खेलेका काठमाडौं रेजर्स, पोखरा थन्डर्स, ललितपुर सिटी एफसी, धनगढी एफसी, एफसी चितवन र बुटवल लुम्बिनी एफसी सहित तीन नयाँ टोली झापा एफसी, स्पोर्टिङ्ग इलाम एफसी डे मेची र विरगन्ज युनाइटेड एफसी यस संस्करणमा सामेल छन् ।