संस्मरण: ऐतिहासिक मंसिर ८

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर ८, २०८०

तत्कालीन माओवादी पार्टीले २०५८ मंसिर ८ गतेका दिन आफ्नो सैन्य शक्तिलाई जनमुक्ति सेनाका रुपमा औपचारिक घोषणा गरेको थियो । जनमुक्ति सेना घोषणा पूर्वमाओवादी सैन्य शक्ति छापामार सेनाको रुपमा क्रियाशील थियो । सोही दिनकै अवसर पारेर मंसिर ८ गते राति दाङ जिल्लाको घोराहीस्थित शाही नेपाली सेनाको ब्यारेक लगायत देशव्यापी फौजी कार्वाहीहरु भएका थिए ।

२०५८ मंसिर ७ गते बेलुकी ८ गतेको तयारी र तत्कालीन प्रहरी संगको लडाईलाई दिग्बिजयको घोषणा गर्दै तत्कालीन स्वाइट र २ मिलीसिया तथा पूर्णकालीन संगठनका नेता कार्यकर्ताहरुलाई सम्मोलीत गराएर जनमुक्ति सेना नेपालको फौजी संरचना निर्माणको तयारी र सोहि क्रममा होलेरी, आठबीसकोट लगायत धेरै ठाउँमा फौजी हमला साम्राज्यवादलाई चक्मा दिनेगरी तत्कालिन शाही नेपाली सेनामाथिको फौजी कार्वाही र देशैभरी साना ठुला कार्बाहीको निमित्त आफ्ना सबै कमिटी मातहतमा खबर जानाकारी आइसकेको थियो ।

म अनेरास्ववियू (कान्तिकारी) मा संगठित थिए साँझ पर्न लागेको थियो मसाल जुलुसको तयारी गर्ने निर्देशन भयो पार्टीका पूर्णकालीन कार्यकर्ता, सेल कमिटीका साथीरु र हामी केहि विद्यार्थीहरुले मसाल जुलुसको तयारी गर्दै थियौं । तपारीकै क्रममा सहिद क. रवि वोगरी (अनन्त) अन्तै जानुपर्ने खवर आयो उहाँ हिड्नु भयो । हामी सँग सहिद क. शिव नेपाल क. दिलीपको नेतृत्वमा हामी झण्डै१०० जना भन्दा बढीको उपस्थीतीमा जनमुक्ति सेनाको ड्रेस पहिरेर साँझ ९ बजेका समयमा मशाल सल्काएर नारा वाजी गर्दै नुवाकोट जिल्लाको साविक तुप्चेको अक्करे बजार देखि सोले बजार तर्फ गगन भेदी नारा घन्काउँदै अगाडी बढ्‌दै थियो ।

आकाशमा कालो बादल मडारी रहेको थियो रातको सन्नाटा थियो पुलिसले हाम्रो निगरानी गर्दै थियो भैसे देखि वेत्रावती सम्म पुलिसको गाडीहरु ओहोर दोहोर गरिरहेको थियो हामी पनि केहि थान हातियार सहित परि आए लड्ने योजनामा थियौं तर अवसोच प्रहरीले त्यो आँट गर्न सकेन र हामी हाम्रो योजना पुरा गर्यौं । आकाशमा हेलिकप्टर यत्र तत्र उडिरहेका थिए पुरै धर्ति कम्पायमान भएजस्तो थियो ।

पश्चिम नेपालमा जनमुक्ति सेना नेपाललले डोल्पा, दुनै, लगायतका जिल्ला कब्जा गर्दै थियो भन्ने सूचना राती मात्र थाहा भयो हामी सबै साथीहरु समाचारको प्रतिक्षामा थियौ जनयुद्धको लोकप्रियता बढ्‌दै थियो । प्राय: जसो सबै गाउँहरूमा गाउँ जनसरकार गठन भइसकेका थिए । ५० औं हजार जनताको उपस्थितिमा जिल्ला जनसरकारहरू घोरणा भएका थिए । ग्रामिण भूभागमा माओवादी को प्रभाव मात्र होइन पुरानो सत्ताको उपस्थिती ने थिएन । रणनैतिक प्रत्याक्रमणको सुरुवात, ऐतिहासिक विरताको सुरुवात यसर्थ, मंसिर ८ माओवादी आन्दोलनको विकासमा एक ऐतिहासिक दिन हो ।