धादिङ । धादिङबेसीमा केहि दिन अघि बसेको समाजवादी मोर्चा धादिङको प्रथम बैठकको निर्णय अनुसार संयुक्त सभाको तयारी सुरु भएको जनाईएको छ ।
केन्द्र र प्रदेश स्तरमा संयुक्त सभाहरु सम्पन्न भईसकेको छ । जिल्ला स्तरको संयुक्त सभा मंसिर २२ गते हुने माओवादी केन्द्र धादिङका सचिव दिपक लामिछाने (सुबोध) ले बताए ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चा २०८० असार ४ गते घोषणा भएको थियो ।
समाजवादको नेपाली बाटो तय गर्ने, विभेदको अन्त्य गर्ने, त्यसका लागि जनदबाब सृजना गर्ने, पिछडिएको क्षेत्रको विकासलाई प्राथमिकतामा राख्ने,राजनीतिक, आर्थिक र सांस्कृतिक रुपमा पछाडि पारिएका सिमान्तकृत समुदायका अधिकार प्रत्याभूत गराउने लक्ष्य लिएको बताईएको छ ।