जीवाईसीले मंसिर २५ देखि दोस्रो त्रिपुरासुन्दरी गोल्ड कप फुटबल प्रतियोगिता गर्ने

Avatar photo
Dhadingpost
बुधबार, मंसिर ६, २०८०

धादिङ । धादिङको ऐतिहासिक धार्मिक पर्व त्रिपुरासुन्दरी माईको मन्दिरमा लाग्ने न्वागी मेला अर्थात सल्यानबेसी जात्राको अवसरमा गणेश स्थान युवा क्लव (जीवाईसी) यहि मंसिर २५ देखि २८ गते सम्म “दोस्रो त्रिपुरासुन्दरी गोल्ड कप – २०८०” को आयोजना त्रिपुरासुन्दरी ६ हाँसेपसलमा खेलमैदानमा गर्ने भएको छ ।

जीवौईसीले प्रतियोगिता बारे जारी गरेको सूचना अनुसार प्रथम पुरस्कार १ लाख ७७ हजार ७ सय ७७ द्धितिय पुरस्कार ७७ हजार ७ सय ७७, उच्च गोल कर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षकले जनही ३-३ हजार पाउने छन् ।

टिम दर्ताकाे लागि टिम दर्ता तथा थप जानकारीको लागि विशाल खाँड 9866280744, मनोज पाण्डे 9840810647 र मनोज मगर 9808859661 लाई सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।

गत वर्ष सम्पन्न, प्रथम त्रिपुरासुन्दरी गोल्डकप पुरुष फुटबल प्रतियोगितामा सुनपोखरी युनाईटेडलाई पराजित जीवाईसी आफैले जितेको थियो ।