धादिङ भलिबलका क्याप्टेन मनोज झुन्डिएको अवस्थामा मृत भेटिए

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक ९, २०८०

धादिङ । धादिङ जिल्लाको भलिबल क्याप्टे मनोज कुमार श्रेष्ठले गयराती सलाङमा आफु रात बसेकै घर नजिकै झुन्डिएको अवस्थामा मृत छन् । उनी बुधबार नलाङ खिर्रेमा जारी तमु युवा समाज खुल्ला पुरूष भलिबल खेलेर आफ्नो टिम सहित सलाङ बस्न गएका थिए । उनको टिमले बुधबार भएको खेल जितेको छ ।

जिल्ला भलिबल संघ धादिङका अध्यक्ष तिलक गुरुङका अनुसार मनोजले केहि बर्ष यता धादिङमा भएको साना तथा ठुला १०० भन्दा बढी भलिबल खेलहरु खेलि सकेका थिए । भने विगत २ वर्ष यता जिल्ला बाहिर भएको दर्जनौं प्रतियोगिताहरुमा समेत भाग लिई सकेका थिए ।

(हामीलाई प्राप्त घटनास्थलकाे फाेटाे सङ्कास्पद देखिएकाेले यस अघि लेखिएको अात्महत्या शब्द सच्याईएकाे छ -सम्पादक)