धादिङ । सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको पुरुष तर्फ धादिङका मनोज श्रेष्ठ सहभागि टिपटप हेल्प नेपालले जितेको छ । हेल्प नेपालको टोलीमा अमृत केसी, सुरेन्द्र वाम, धिरज बस्नेत र सन्तोष महता विष्णु बस्नेत, मनोज श्रेष्ठ, भरत कुमार विक सहित पाकिस्तानका एइमल खान, अदनान खान र माझर अली रहेका थिए ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा हेल्प नेपालले ३-१ को सेटमा पुलिसलाई पराजित गर्दै फाईनल जितेको हो । उपविजेता पुलिसमा पनि धादिङका रविन नगरकोटीले खेलेका थिए । यस्तै राष्ट्रिय खेलाडीले भरिभराउ गत सालको विजेता आर्मीबाट धादिङका शरण सामरी क्षेत्रीले खेलेका थिए आर्मी यो पटक फाईनल पुग्न सकेन ।
गत वर्षको उपविजेता हेल्प नेपालले यो पटक फाईनल जित्दै ६ लाख हात पारेको छ भने उपविजेता पुलिसले ३ लाख प्राप्त पारेको छ। महिलातर्फ नेपाल पुलिस क्लबले उपाधि जित्दै ६ लाख र उपविजेता बनेको एपिएफले ३ लाख पायो ।