धादिङ । रामेछापमा जारी प्रथम ने. वि. संघ खुल्ला प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता जित्दै धादिङ टिमले नगद २ लाख हात परेको छ ।
चितवन, सिन्धुपालचेक हुँदै सेमिफाईनलमा ललितपुरलाई हराएको धादिङ टिमले फाईनलमा रामेछापलाई पराजित गर्दै नगद २ लाख हात पारेको हो । धादिङ जिल्लाबाट राष्टि«य टिमका खेलाडीद्वय नेपाल आर्मीका शरण सामरी र नेपाल पुलिसका रविन नगरकोटी समेत सहभागी थिए । उनीहरु दुबै जना धादिङ जिल्लाबासी हुन् ।
जिल्ला भलिबल संघ धादिङका अध्यक्ष अमृत गुरुङका अनुसार धादिङ टिमको क्याप्टन मनोज श्रेष्ठ रहेका छन् भने धादिङ टिममा अमल आलेमगर, विदुर इटनी, बुद्धिमान तामाङ, योहाङ् तामाङ, प्रदिप मगर, मोहन तामाङ र टिम कोच धादिङ स्पोर्ट क्लबका अध्यक्ष विरुलामा थिए ।
बागमती प्रदेशका जिल्लाहरु सहभागी यस प्रतियोगिताको पुरस्कार राशी प्रथम २ लाख धादिङले जिते सँगै आयोजकको जिल्ला रामेछापले द्वितिय हुँदै १ लाख ५० हजारमा चित्त बुझायो भने सन्तोना टिम नुवाकोटले १ लाख र सान्तोना ५० हजार पाएको छ ।