सानो छँदाको दशैं र मामा घर

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक ६, २०८०

सानो सानो केटाकेटी बेलामा मामा घर जानु भनेसी म मात्र हैन सायद हामी सबैलाई हतार हुन्थ्यो वा औधी रहर । बर्खे बिदाको २ महिने लामो बिदा सकिय पछि हामी दशैं आउने मिति तिथि हेरेर बस्थ्यौं । पात्रो हेर्दा दशैं निकै लामो समय पछि आउदैं छ भन्ने भान हुन्थ्यो । विद्यालय आउ जाउ घरमा बिहान बेलुका काम सघाउने तेस्तै तेस्तै गरी बिताउँथ्यौं । गाउँमा बिस्तारै हुस्सु लाग्न थाले पछि बिस्तारै जाडोको महसुस गरे पछि दशैं आएको महसुश हुन्थ्यो । पाखो बारी वरी परी टाकी घाँसको रुख सेतै फुल्न थालेसी, खेतको गरामा धानफाट्ट फुट्ट झुल्न थालेसी खोरीयामा तिल फुलेर पाखैसेतै भएपछी, झुसे फुलेर पहेलै भएपछी पक्क दशैं नजिएकोभान हुन्थ्यो । केटाकेटी न हो मनै फुरुङ हुने गर्दथ्यो ।

निरन्तर विद्यालय आउ जाउ सँङै घट्स्थापना निकै महत्वपुर्ण दिन मानिन्थ्यो विद्यलय जाने आन्तिम दशैं विदाको दिन दशैं विदाको गृहकार्य मार्क लगाएर दशैं विदा भनेर बिद्यालय बाट हुर हुर सथी सङ बाहिरीदाको रौनक बेग्लै थियो । हाम्रो तिर दशैं आयो भनेर घटस्थापनाको बिहान देखी फुअपाती बिहान सम्म गाउँ भरीको घर घरमा दमै काकाले एउटा बाजा बजायर जानाकारी गराउँदथ्यो । त्यो बेला हामी बिहान दमै दाइले दमा बजाको खुब रमाइलो सँग हर्दथ्यौं । पक्का दशैं आयो भनेर ।

सबै भन्दा रमाइलोत के थियो भने बर्षदिनको ठुलो चाडमा बर्षै भरीकोलागी एकोजोर नयाँ कपडा पाउनुको थियो । त्यो पनी विद्यलयको पोषाक तै पनी दशै अनी नयाँ कपडा भनेसी रौनक आर्को थियो । बा आमाले कैले मलेखु गयर कपडा लियर आउनु हुन्छ अनी सिलाउने दमै मामालाइ कैले बोलाउनु हुन्छ भनेर वाक्कै हुने गरी सोधी रहन्थ्यौं । बा आमा मलेखु गयर आकाशे रङ र निलो पाइन्ट कपडाको थानबाट लेर आउनु भाको दिन हामी कपडा सुगेर बस्थेउ त्यो बेलाको नयाँ कपडाको गन्ध आर्कै स्वादको लाग्ने गथ्र्यौं । जब दमै मामा कालोकल (लुगा सिलाउने मसिन) बोकेर हाम्रो घर आउनु हुन्थ्यो त्यो दिन झन आर्कै रौनक थियो । नयाँ गुन्द्रीमा कल राखेर नयाँ कपडा निकालेर हाम्रो ज्यानको नाप लिदा मन आनन्द फुरुङ हुन्थ्यो ।

दशैं विदाको दिन हामी सक्ने उमेर समुहका साथीहरु नजीकै जङलमा बिहान घास काट्न जाने, दिउँसो कि दाउरा बटुल्न जाने की गोठालो जाने गर्दथ्यौं त्यो समय अबधी भरी पनि दशैंकै रमाइला गफ गर्थेउ । हाम्रो गाउँ मगर सामुदायको भयर होला सबैको घरमा कालो कालो सुङुर हुने गर्दथ्यो, हामी हाम्रो सुङुर यत्रो छ उत्रो छ भनेर फुर्ती लाउदथ्यौं । जब दशैं नजिकिँदै जान्थ्यो फाट्ट फुट्ट लाहुरे र शहर तिर बस्नेहरु गाउँ आउने सुरु हुन्थ्यो त्यो बेला नेपाल प्रहरीमा जागीर खाने ठुल्बाको छोरो चेत बहादुर थापा मगर दाइ गाउँ आउँदा रौनक आर्कै हुने थियो । किनकी उहाँको झोलामा निकै किसिम किसिम्को पटका लिएरआउनु हुन्थ्यो साँझ पख पटका पट्काउने रमिता हेर्न हामी ठुल्बाको घर पछाडीको मास भटमास कुट्ने खलामा भिड जम्मा हुन्थ्यौं । पटकाको आवाज र रङ्गी बिरङ्गी आकार हेर्नलाइ ।

अहो चेत दाइ आज भोली काठमाडौं बासी हुनु भो । अस्टमीको दिन सुङुर काट्ने दिन आहा हामी बिहानै उमेर समुह आनुसार घास काटेर आउने र सुङुर काट्ने समय कुरी बस्थेउ ।मध्यानबाट छबी दाइ देख्दै डर लाग्दो खुडा बोकेर गाउँ छीरे पछी सुङुर छम्का छम मार हान्दै पुछार देखी सिरान घर छिचोल्थे हामीको नयाँ लुगा लगायर खुब रमाइलो मान्दै पछि पछि हेर्दै हिन्थेम । समयको खेल छबी दाइ आजकाल बुढो हुनु भो । गाउँ पनि डुल्न सक्नु हुन्न ।अस्टमीको साझ परे पछि बाले धुप पत्ती कुल देवतालाइ दिने र बाटो चोकमा २ पिस मासु के के राखेर मन्साउने भन्नु हुन्थ्यो त्यसपछि मात्र साँझमा हामीले खान पाउँथेम । साँझ परेपछि सालको पातको टपरी भरी भरी मासु राखेर आमाले बा २ जाना दिदी दाइ र मलाइ दिनुहुन्थ्यो ।आमा माछा मासु खासै खानु हुन्नथ्यो सुङुरको झन मुखमै हाल्नु भयन आमाको लागी खसीको मासु हुने गर्दथ्यो । आमाले सबैलाइ रुचुन्जेल थपी थपी दिनु हुन्थ्यो हाम्रो घरमा जाड रक्सी खासै हुदैन थियो बाले पनी खासै खानु हुन्न थ्यो यसै गरी अष्टमी र अष्टमीको साँझ रात बित्ने गर्दथ्यो । मासु धेरै भयर होला कैले काही पचाउन नसकेर पखलानै पो लाग्ने गर्दथ्यो । यसै गरी अब अर्को चाख लाग्दो दसैको दिन भनेको टिकाको दिन हो ।

टिकाको दिन पनी हामी उमेर समुहका साथीहरु प्राय सक्ने भय पछि हो घाँस काट्न जान्थेम सानो सानो मुठाहरुको भारी बनाउथेम म प्राय साथीलाइ लियर हाम्रो खर बारीमा जान्थे बिहान सबेरै मासु चिउरा चपायर घास काट्न जाने भयकोले हामी सानो सानो भारी बोकेर घर आइपुग्थेम । नुहाइ धुवाइ सकाय पछि हामी टिका थाप्ने साइत कुरेर बस्थेम हामी सबै भन्दा पैले ठुल्बाको हातबाट टिका थाप्न जान्थेम।

हामी धेरै घरका केटा केटी उमेर र नाता हिसाबले पैले टिका थाप्न तयार हुन्थेम साइतको समय आउन लाग्यो भन्दै घडी हेर्दै बस्थेम र ठिक्क साइतको बेला यादी काइला मामा गिदेल भेनाजु लगायतले साइतको सङकेत गर्दै भरुवा बन्दुक पट्काय पछि साइत खुल्यो भन्न जानाकारीका साथ टिका ठुलो बुवाको हातबाट ठुली आमाले ठुली टिका ग्रहण सुरु हुन्थ्यो । मङलम काली भद्रकाली भनेर सस्कृतीमा आसीक दिदै । अनी रोल क्रम अनुसार हाम्रो पालो आउथो । हामीले रातो टिका निधारमा जमरा कानमा सिउरेसी ठुलबाको पाउँमा शिर राखेसी हाम्रो पालो सकिन्थ्यो । हामी केटा टोलीले चै दक्षिणा पाउदैन थियौं ।

ठुलो बाको घरको आगनमा लामो लामो नयाँ गुन्द्री बिछ्यार हामी लाइनै मासु चिउरा दही केरा खान्थेम । यसै गरी दशैं टिकाको दिन सकीए पछि । घरमा पाहुना आउने क्रम जारी हुन्छ हामी पनि मामा घर जाने मिति तय हुन्थ्यो । मेरो मामा घर धादिङ जिल्ला सिद्धलेक गाउँपलिका वडा नम्बर ७ पिपलटार हो ।

मेरो मामाको नाम गिता बहादुर राना मगर हो उहाँ राजनितिक अनी सामाजिक व्यक्तित्व हुनुहुन्छ । सबैलाइ भलो चाहाने एक असल अनुशाशित मेरो मामा हुनुहुन्छ । हामी मलेखु नजिक गाउँबाट मामा घर जान खसै टाढा हैन नै । तर पनि मामा घर जाने दिन मलेखु, सलाङ घाटबाट गाडीमा जाने वा गाउबाट हिन्दै मामा गर जाने कुरा रोचक हुने गर्दथ्यो तर निर्णय बाको हुने गर्दथ्यो । सलाङघाट वा मालेखुबाट मामा घर जान पाउदा दशैंको चमक झन आर्को हुन्छ किनकी मलेखु सलाङघाटबाट जाँदा हामी गाडी चढेर घटबेसी सम्म गाडीमा जान पाउथ्यौ मामा घर दशैंमा जाँदा गाडीमा चढ्नेको धाक धक्कुआर्कै हुने गर्दथ्यो । त्यो धाक धक्कु लामै समय सम्म चल्ने गर्दथ्यो साथी भाइको बिचमा । गाडीबाट मामा घर जाँदा त्रीशुली नदी तर्दा पैले तरेर जानु पर्थो, निकै गारो हुने गर्थ्यो तुइनको कोर्केमाबसेर नदी रत्नलाइै रत्नलाइ,खै शाल थाहा भयन तुइन विस्थापित भए पछी नदीमा आधुनीक किसीमको डुङा थियो डुङा चढेर मामा घरजान चै रमाइलो हुने थियो आन्द आउथ्यो पानी माथी तैरेर मामा घर पुग्नलार्इ ।

हिडेर जानुपर्दा मन दुखी हुने र थपल खोला तरेर फिस्टार खरमटार हुदै साझमा पिपलटार पुग्दा हैरानै हुने गर्दथ्यो । साँझमा माम घर पुक्थ्यौ हिनेर जादा । मामाको घर ठुलो थियो पाहुना पनी निकै हुने, हामी जस्तै पाहुना बन्न मामा घरमा सबै जाना आउनु हुन्थ्यो, चाडबाडको बेलामा मामाको घरमा प्राय सानो सानो भोजनै चलेको जस्तो हुने गर्दथ्यो खाना खाजाको बेवस्थापन गर्न माइजुलार्इ निकै धौधौ पो हुने हो त्यति धेरै पाहुना आउँदा ।

मामा घरमा चरेशको थालमा रातो दशैंको टीका सालको टपरीमा जमरा लिएर मामाले दशैं टिका लगाइ दिनु हुन्थ्यो लामो लामो आशीर्वाद टिका जमारा र मामाले दक्षिणा दिनु हुन्थ्यो । हामी मिठो खाना खायर मामा घरमा सुत्थ्यौं । मामा र बा भने आधी रात सम्म केपो गफगरेर बिताउनु हुन्थ्योकुन्नी । पिपलटार फराकीलो फाट रमाइलो छ । आज भोली तोरी फुल्दैन पिङ खेल्दैन हामी पैले मामा घरमा चङ्गापनी उडाउथेउ त्यो बालपनको याद कती हो कती । अनि कती दुर्भाग्य पोहोर षाल मेरो आमा बित्नु भो त्यो घाउ सेलाउन नपाउदै २००४र११र३ षालमा जन्मनु भयको मेरो माज्यु ललीतपुरको किस्ट हस्पिटलमा २०८०र७र१ गते दुखद निधन भयो हामी यस्पाली पनी रुदै दुखमा छौ म यो बेला मामा घरैमा छु मामा प्रती हार्दीक श्रध्दाञ्जली ।