विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा धादिङका स्वास्थ्यकर्मी के भन्छन् ?

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज २३, २०८०

धादिङ । वर्ल्ड फेडरेसन अफ मेन्टल हेल्थ नामक संस्थाको अगुवाइमा सन् १९९२ देखि हरेक अक्टोबर १० मा विश्व मानसिक स्वास्थ्य दिवस मनाईन्छ । ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिमूलक कार्यक्रम गरी मनाइँदै छ ।

सरकारले मानसिक स्वास्थ्य परामर्श र औषधि निःशुल्क वितरण गर्दै आएको छ ।भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विगत पाँच वर्षदेखि मानसिक स्वास्थ्यको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य (२०१६–२०३०)मा पनि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी मानसिक स्वास्थ्यको प्रवर्द्धन र नसर्ने रोगबाट हुने मृत्युदरलाई एकतिहाइले कम गर्ने लक्ष्य छ ।

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा धादिङका स्वास्थ्यकर्मीहरु के भन्छन् ?

‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नाराका साथ विश्वभर आज यो दिवस मनाईदैछ । यो दिवसले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना जगाउने र सबैको मानसिक स्वास्थ्यलाई विश्वव्यापी मानव अधिकारको रूपमा प्रवर्द्धन एवं संरक्षण गर्न यो दिवस टेवा पुर्याउने अपेक्षा गरिन्छ । हरेक वर्ष करिब ३० करोड मानिसहरू संसारमा ‘डिप्रेशन’का शिकार भइरहेका छन् ।
मानसिक रोगका कारणहरु: बङ्शाणुगत, मनोवैज्ञानिक, सामाजिक
मानसिक रोगहरुः डिप्रेसन, चिन्ता, स्किजोफ्रेनिया, उन्माद
लक्षणहरुः निन्द्रा कम लाग्ने, उधासिन्ता हुनु, एक्लै बस्न मन लाग्नु, एकदम रिस उठ्नु
कसरी बच्नेः दैनिक शारिरिक व्यायम गर्ने, योगा गर्ने, चिकित्शक सँग नियमित परामर्श लिई राख्ने
उपचारको विधिः थेरापी, काउन्सेलिङ, औषधी
डा. दिनेश रेग्मी
निलकण्ठ ३ धादिङ
Consultant MDGP , Emergency Incharge Dhading hospital
हाल : धादिङ अस्पाताल

व्यक्ति आफूले यस्ता तनाव वहन गर्ने क्षमता बढाउनुुपर्छ, आफू प्रतिकूल परिस्थितिलाई स्वीकार र सामना गर्न क्षमता विकास गर्नुपर्छ । दैनिक शारीरिक अभ्यास, सन्तुलित आहारको सेवन, राम्रो निद्रा र सकारात्मक सोचको विकासले मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न सहयोग पुग्छ । मानसिक स्वास्थ्यमा समस्या देखिए उपचार र परामर्शमा जानु पर्दछ ।
डा. राम चन्द्र रिजाल
निलकण्ठ -३ धादिङ
हाल : धादिङ अस्पाताल धादिङ

आज अक्टाेबर १० अर्थात विश्व मानसिक स्वास्थ्य दिवस । हामी स्वस्थ शारीरिक मात्र होइन मानसिक रुपले पनि स्वस्थ हुनु आवश्यक छ । हाम्रो दैनिक कामकाज र विभिन्न घटना परिघटनाले हाम्रो मानसिक स्वास्थ्यलाई प्रभाव पारिरहेको हुन्छ। दैनिक व्ययाम, स्वस्थ खानपान, फ़ुर्तिलो जीवनशैली, सामाजिक मेलमिलाप, आफ्ना कुराहरु अरुलाई भन्ने बानी, घुमघाम, धार्मिक क्रियाकलाप, खेलकुद तथा मनोरञ्जन अनि पारिवारिक जमघट जस्ता कार्यले हामीलाई मानसिक रुपले पनि स्वस्थ बनाउछ । यदि कोही कसैलाई नैराश्यता, आलश्यपना, खानामा अरुची, घुलमिल हुन मन नलाग्ने, आत्महत्याको सोच आउने जस्ता लक्षणहरु छन् अथवा बताउँछन भने नि:शुल्क फोन नम्बर ११६६ मा फोन गरेर मनोपरामर्श लिन सक्नुहुनेछ । मानसिक स्वास्थ्यलाई सबैले प्राथमिकतामा राखौं । #HappyWorldMentalHealth Day 2023
डा. राम थापा क्षेत्री
मेडिकल डाइरेक्टर
कीर्तिगङ्गा मेडिकल सेन्टर
काठमाडौं, (नीलकण्ठ नगरपालिका-३, शान्त बजार, धादिङ)

व्यस्त जीवनमा खाँचो छ, स्वस्थ मानसिक अवस्था !, हिजो आज सबै जना व्यस्त जीवन शैली व्यक्तित गरिरहेका छन् । जसमा तनावपूर्ण जीवन शैली समेत देखिन्छ । जसले गर्दा मानिस मानसिक रूपमा समेत स्वास्थ्य देखिदैंनन् । मानसिक स्वास्थ्य, स्वास्थ्यको एउटा अभिन्न अंग हो । जसरी शारीरिक रूपमा स्वस्थ रहन जरुरी छ, त्यसैगरी मानसिक रूपमा पनि स्वस्थ रहनु जरुरी छ ।
यस वर्षको विश्व मानसिक स्वास्थ्य दिवनको नारा “मानसिक स्वास्थ्य मानव अधिकार हो ।” मनोरोग अन्तर्गत अति सामान्य समस्या टेन्सन हेड्याकदेखि अति कडा रोग सिजोफोर्नियासम्म पर्दछ । खासगरी मानिसमा परेको समस्यासँग जुध्न नसक्दा मानसिक रोग लाग्न पुग्छ । तर वंशानुगत रुपमा पनि मानसिक रोग लाग्ने संभावना देखिन्छ । मानसिक रोगको एउटा प्रमुख कारण पारिवारिक झगडा, बेरोजारी, प्राकृतिक प्रकोप समेत हो । मानसिक रूपमा कुनै समस्या देखिएमा जतिसक्दो छिटो उपचार गरौं । जटिल र सामान्य खालका सबै मानसिक समस्याको उपचार संभव छ ।
जय पाठक (जेपी)
निलकण्ठ-१०, धादिङ
हाल: औषधी परामर्श कक्ष, ड्रग ईन्फरमेसन सेन्टर तथा निःशुल्क औषधी वितरण कक्ष प्रमुख भरतपुर अस्पताल चितवन ।