अग्नी सापकोटा, शशी श्रेष्ठ लगायतका नेताहरु आज धादिङबेसी आउँदै

Avatar photo
Dhadingpost
बुधबार, बैशाख १९, २०८१

धादिङ । माओवादी केन्द्र बागमती प्रदेशका इन्चार्ज अग्नी सापकोटा, सह इन्चार्ज शशी श्रेष्ठ, मुख्यमन्त्री शालिकराम जम्कट्टेल, प्रदेश अध्यक्ष सरलसहयात्री पौडेल लगायतका नेताहरु आज धादिङबेसी आउँदै छन् ।

बैशाख २० गते जिल्ला समन्वयको सभाहलमा हुने हुने जिल्ला कमिटी बैठक पूर्व तयारीका लागि उहाँहरु आजै धादिङबेसी आउन लाग्नु भएको जिल्ला सचिव दिपक लामिछाने (सुबोध) ले धादिङपोष्टलाई बताए ।

बैठकले यसअघि सचिवालय स्तरले गरेको निर्णय अनुमोदन गर्ने, वडा देखि कार्यकर्ताको जिम्मेवारी तोक्ने, जेष्ठ महिना भित्र पालिका सम्मेलनहरु सक्ने लगायतका एजेण्डाहरु कार्यान्वयनमा लाने निर्णय गर्ने बताईएको छ ।