धादिङ । धादिङका दीपक अधिकारीले चीनको हान्जाउमा जारी १९औं एसियाड अन्तर्गत एथ्लेटिक्सको पुरुष १० हजार मिटर दौडमा नेपालका लागि नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा शनिबार साँझ भएको स्पर्धामा दीपकले निर्धारित दूरी २९ मिनेट ३५.०६ सेकेण्डमा मा पूरा गर्दै धादिङका दीपकले नयाँ राष्ट्रिय कीर्तिमान बनाए । उनले सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएकोमा भएको १७ औं एसियाडमा गोपीचन्द्र पार्कीले बनाएको कीर्तिमान तोडेका हुन् । गोपीले ३० मिनेट ३०.९९ सेकेण्डको ङ्कीर्तिमान बनाएका थिए । दीपकले ९ वर्षपछि उक्त कीर्तिमान तोडेका हुन् ।
यस अघि दीपकको सफलता
- एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा दीपकलाई स्वर्णपदक
- राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि दीपकलाई
- नवौं राष्ट्रिय खेलकुद दीपकलाई स्वर्ण
१९औं एसियाडमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउने दीपक पहिलो नेपाली खेलाडी समेत बनेका छन् । एसियाडको उक्त प्रतिस्पर्धामा १६ जना सहभागी भएकामा दीपक सातौं स्थानमा रहे ।