धादिङका दिपकले जिते १० हजार मिटर दौडमा स्वर्ण

Avatar photo
Dhadingpost
सोमवार, अशोज ३१, २०७९

धादिङ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरा रंगशालामा आईतबार भएको एथलेटिक्सको पुरुष १० हजार मिटरको दौडमा आर्मीबाट खेलेका धादिङका दीपक अधिकारीले स्वर्ण पदक जितेका छन् ।

धादिङको गंगाजमुना गाउँपालिका निवासी दीपक अधिकारीले निर्धारित दुरी ३० मिनेट १० दशमलव ३० सेकेन्डमा पुरा गर्दै स्वर्ण जितेका हुन् । यो सँगै दीपकले एपीएफ क्लबका गोपीचन्द्र पार्कीको कीर्तिमानलाई तोड्दै नयाँ कीर्तिमान कायम गरेका छन् ।

सोही प्रतिस्पर्धामा गोपीचन्द पार्कीले रजत पदकमा चित्त बुझाए । उनले निर्धारित दुरी ३० मिनेट ३८ दशमलव ३० सेकेन्डमा पूरा गरे । तेस्रो आर्मीकै गजेन्द्र राई भए । उनले निर्धारित दुरी ३० मिनेट ४९ दशमलव ५० सेकेन्डमा पूरा गरेका थिए ।