धादिङका दिपक अधिकारीले जिते राइट टु प्रोटिन रन हाफ म्याराथन

Avatar photo
Dhadingpost
शनिबार, माघ ७, २०७९

धादिङ । धादिङका दिपक अधिकारीले राइट टु प्रोटिन रन हाफ म्याराथनको दोस्रो संस्कणको उपाधि जितेका छन् । नेपाल भेटेरिनरी एसोसिएसनले आयोजना गरेको उक्त हाफ म्याराथन धादिङ घर भई नेपाल आर्मीमा कार्यरत दीपकले राजन रोकायालाई ६ सेकेन्डले पछि पार्दै उपाधि जितेका हुन् ।

दीपकले निर्धारित दुरी १ घण्टा ५ मिनेट ८ सेकेन्डमा पूरा गर्दै उपाधि हात पर्दै नगद एक लाख रुपैयाँ जित्दा दोस्रो भएका राजन रोकायाले १ घण्टा ५ मिनेट १४ सेकेन्डमा पूरा गरेका थिए । नरेन्द्र सिंह रावलले १ घण्टा ५ मिनेट ५५ सेकेन्डमा पूरा गर्दै तेस्रो बने ।

यस्तै महिला तर्फ नेपाल एपिएफ क्लबकी फुलमती रानाले निर्धारित दुरी १ घण्टा २२ मिनेट १२ सेकेन्डमा पूरा गर्दै उपाधि जित्दै नगद १ लाख हात परिन भने नेपाल पुलिस क्लबकी राममाया बुढालाई पाँच सेकेन्डले पछि पारेकी थिइन् ।

राममायाले उक्त दुरी १ घण्टा २२ मिनेट १७ सेकेन्डमा पूरा गर्दै दोस्रो भइन् । तेस्रो भएकी त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले उक्त दुरी १ घण्टा २३ मिनेट १० सकेन्डमा पूरा गरिन् । आर्मीकै कल्पना खड्काले १ घण्टा २७ मिनेट १२ सेकेन्डमा पूरा गर्दै चौथो भइन् ।