यतिखेर माओवादी केन्द्रले ३ महिने अभियानको मुख्य: एजेन्डा बोकरे जनताको घर-घर र वस्ती-वस्तीमा गएर बैठक, भेला जवसमोर्चाको भेला बैठक र जनसरोकारका कामहरुलाई तिव्रता दिइरेको छ । केन्द्रिय तहका सबै नेता कार्यकर्ता सरकारी उच्च ओहदामा रहेका र भूमिका विहीन भएकाहरुलाई समेत अहिले भ्याई नभ्याई जस्तो भइरहेको देखिन्छ । प्रष्ट रूपमा जनताले मुल्याङ्कल गरिरहेका छन् कि कोही तामझाम सहित गाडी घोडा लिएर जनताकोमा भड्कीलो हिसावले उपस्थीती जनाएका छन् , भने कोही नेताहरू कार्यकर्ता र जनतामा समर्पित हुँदै जन शैलीमा गाउँ पुगेका देखिन्छन् । आफ्नो पार्टीको मूल स्पीडलाई पकड्को लागी विना शंकोच नेता कार्यकर्ताहक जनताकोमा पुगीरहेको देखिन्छन् ।
माओवादी पार्टी मुख्यत (२०५२–०६२) को जनयुद्धको प्रकृयाबाट स्थापित हुदै निर्माण भएको विशाल मानव जालो निमोज निमाण गर्दै नेपालको इतिहासमा मात्र नभएर विश्व कम्यूनिष्ट आन्दोलनमा नयाँ किर्तिमानी कायम गर्ने उद्देश्यका साथ क्रान्तिकारी पार्टी बलियो जनमुक्ति सेना जन अनुमोदित जनसरकार निर्माण गरि देशको ८० प्रतिशत भु-भाग आफ्नो प्रभावमा राखेर अमेरिकन साम्राज्यवाद र भारतेय विस्तारवादका विरुद्ध आवश्यक पर्दा सुरुङ युद्धको तयारी या सैन्य अर्थमा राजनैतिक प्रत्याक्रमणको तेस्रो योजना कार्यान्वयनको चरणवाट मोडिएर प्रकृपामा सामेल हुँदै हुँदै संविधानसभाको माध्यमबाट संविधान निर्माणको चरण गुजार्दै २०६४ को चुनावमा नेपाली जनता स्पष्ट बहुमत सहित संसदको ठूलो पार्टी हुँदै यो प्रकृयामा सामेल आज यो मुख्य प्रतिक्रियावादीहरु सँग आमने सामने लडाइमा केन्द्रित हुदा दुस्मनलाई कमजोर पार्न सहायक दुस्मनसँग कार्यगत एकता गर्दै विभिन्न चुनावी प्रकृया र परिणामहा गुजारी रहेको छ । आशा छ २०८४ को चुनाव साम यो अभियानले निरन्तरता पाउँदा जनताको गिरेको साखमा कृहि सुध्रने पक्षहरु देखिन्छन् ।
यसको मुख्य स्रोत शहीद परिवार, वेपत्ता पारेवार, जनयुद्धका पूर्णकालीन कार्यकर्ता जो आफु मरेर भएपनी नेतृत्वको रक्षा गर्नुपर्दछ भनो सबै प्रतिकुलताहरुलाई चिर्दै आन्दोलनको आँधिबेहेरीमा लामवद्ध हुने कार्यकती र प्रतिकुलताको बिममा पनि जनयुद्धको सहयोग र समर्थन गर्ने गरे माओवादी प्रती सहानुभुती प्रकट गर्ने समुदायनै यसको मुख्य स्रोत हो। हिजो पचासौं हजार पूर्णकालीन बनेर हिडेका नेता कार्यकर्ताको कुनै अभिलेखि करण छैन । हिजो मनै देखि माओवादी हु भनेर अभियान सञ्चालन गर्नेको अवस्था अझ दर्दनाहक छ घाइते र अपाङ्काहरु शरिरमा लागेका छर्रा र गोली वोकेर रोई कटाई रहेका छन् । कतिपय घाइतेहहरु परिवारकै बोझको रूपमा बांचिरहेका छन् ।
किशोर अवस्थामा माओवादी आन्दोलनमा प्रयोग गरेका योद्धाहरु आज बल बैस जवानी डाँडा पाखा र भिर पहरोमा दौडदा दौडदै आज घर न घाटका भएका छन् । घरमा जाउँ न बस्ते ठाउँ छ, न जग्गा जमिन न कुनै सिप तालिम । सामाजले हेर्ने दृष्टीकोण अहिले सम्म बदलिएको छैन त्यस्तो नरकिय जिबन व्यतित गर्न वाध्य छन् । यसको उत्तर र जवाफ छैन आहलेको हामी अभियान्ता सँग महंगिले आकाश छोएको छ । आफ्ना सम्पत्ती भनेको सन्तान मात्र छन् ।
यीनकोमुख पाल्न र पठनपाठको समस्या छ । वृद्ध भएका बाबा आमाहरू आश गरिरहेका छन् चाहे अभियानको बिचमा नेपालीले मान्ने चाड पर्वले घेरा हाली रहेको छ । जनयुद्धले कुडीएका मन र भुकम्पले भत्काएको घर सँँगै कोरोना डेङ्गु रोगका कारण धारासाही बनेको आर्थीक अवस्था र यसले पारेका ऋणको बोझले उठ्न नसक्ने गरि थिचिरहेको अवस्थामा खाली हात र गुलिया कुराले अभियानको सार्थकता के सिद्ध होला ? हिजो अभियानको नेतृत्व गर्ने र जिम्मा लिनेहरूको लागि यो अभियानले कतै मलाई गिज्याएको त होइन भन्ने आभास पनि देखिन्छ । त्यसैले अभियान सफल पार्नको लागी सबै चिरफार गरेर उपचार गरिनु जरुरी देखिन्छ ।