काठमाडौं । नेपाल चिकित्सक संघले हेटौँडामा डाक्टरमाथि भएको कुटपिटको विरोधमा आज देशभर स्वास्थ्य संस्था बन्द गरेको छ ।
शनिबार विज्ञप्ति जारी गर्दै संघले सरकारी अस्पताल, निजी अस्पताल, मेडिकल कलेज तथा क्लिनिकमा सेवा बन्द गर्ने घोषणा गरेको थियो ।
डाक्टरमाथि कुटपिटमा संलग्नलाई फौजदारी अभियोग तथा ऐनबमोजिम कारबाहीको सुनिश्चितताको माग संघले राखेको छ ।
बुधबार हेटौँडास्थित सञ्चो अस्पतालका दुई चिकित्सकमाथि हातपात भएको थियो ।