यहि भाद्र १६ गते हाम्रो महान् एवं गौरवशाली पार्टी (माओवादी) केन्द्रका अध्यक्ष तथा नेपाल सरकारका प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) ले काठमाण्डौको चन्द्रागिरी नगरपालिका वाड नं. २ बाट देशैभरिका सबै वडाहरुमा एकै साथ उद्घाटन भएको घर-घर माओवादी जन-जनमा माओवादी भन्ने मुल नाराका साथ पार्टीको पादाधिकारी र केन्द्रीय समितीको सदस्यहरुलाई अन्तर जिल्ला, अन्तर प्रदेश कार्यक्षेत्र तोकेर संचालन गरिएको अभियान गाउँका दुर दराज देखि शहरका आलिसान महल सम्म नेताको बाक्लो उपस्थिति छाएको छ ।
धादिङ जिल्लाका सबै पालीका तथा १०४ वटै वडामा आ–आफ्ना सृजनशिलतामा भेटघाट, भेला, बैठक छलफलहरु सञ्चालन भइरहेको बुझिएको छ भने एकाध वडा र गाउँपालिकाले विगतको जनयुद्ध कालको झल्को दिनेगरी जनदिसा र जननितीका कार्यक्रम (शाहीद, बेपत्ता, कार्यकर्ता निमुखा) जनताको घरमा गएर जनश्रममा आधारित कामहरु मकै भाँच्ने, धान, कोदो गोडमेल गर्ने, विउ विजनहरु वाड्ने कार्यहरु गरेको कुरा सामाजीक सञ्जालमा देखिएको र सुनिदँदै आएको छ ।
खनियाबास गाउँपालिकाका माओवादी कार्यकर्ताहरुले त महान शहिद गणेश तामाङको नेत्तृत्वमा तत्कालीन (माओवादी) पार्टीको केहि आर्थिक सहायतामा २०५७ मा निर्माण गरिएको र हाल वार्षदको कारणले क्षती पुगेको दार्खा फेदी हुँदै झर्लाङको तल्लो बाटो मर्मत गरी १० वटा वडाका नागरीकहरू दैनिक आवत जावतमा सहज बनाईदिएका छन् ।
यस अभियानमा जिल्लाका हजारौ जनता कार्यकर्ता तथा नेता परिचालीत भएका छन । जमेर बसेको पानीलाई कुनै वस्तुले धक्का दिएजस्तो भएको छ । २०६४ को चुनाव यता सृजनात्मक अभियानहरु संचालनमा आएको थिएन। पार्टी भित्र मौलाएको नातावाद, चाकडी, चाप्लुसीवादले पार्टीलाई क्षत विक्षत बताउँदै एक्काइसौ शताब्दीको जनवादको धज्जी उडाउने नेता कार्यकर्ताको मुल्याङ्न र व्यवस्थापनमा यो अभियानले केहि ब्रेक थु गर्न सक्ने आंकलनहरु पनि गरिएको छ ।
नीतिगत रुपमा यो अभियानले अझ छुन नसकेको पाटो भनेको (माओवादी) पार्टीको मुख्य शक्ति हिजोका पूर्णकालीन कार्यकर्ता, शाहिद, बेपत्ता, परिवार घाइते अपाङ्ग योद्धा तत्कालीन माओवादीको मुख्य मेरुदण्ड हो । यो अभियान अभियानमा उक्त मेरुदण्डलाई उचित जिम्मा दिएको देखिएको पाईएको छैन । उनीहरुलाई पनि उचित जिम्मेवारी दिएर आफ्नो सम्पत्तीको रक्षा गर्दै जनयुद्धका उपलब्धीहरूको प्रष्ट व्याख्या गर्न सक्ने प्रचण्ड भाग १, भाग २, भाग ३ प्रधानमन्त्री कालमा गरेका सकारात्मक कार्यको कोसेली जनताकोमा पस्कनु, हाम्रो गौरवलाई ओझेलमा पारेर यी सबै बराबर हुन्, जुन जोगी आएनी कानै चिरेका जस्ता भ्रमहरुलाई चिर्दे आफुले गरेका कामहरुको चिरफार गर्ने र आम कार्यकर्तालाई गोलबन्द गर्दै जनताको घर वारी मेला पालमा गएर पुन जनताको मन जिन आवस्यक छ ।
हामीले हिजो बाडेका सपना अधुरा छन् । लंका जलाउने हनुमान जस पाउने लिने ढेडु भने जस्तो भएको छ । गाउँमा पुन यथास्थितिवादी प्रतिकृयावादीहरूको रवाफ र रवैया कापमै छ जनताले परिवर्तनको खासै महसुस गर्न पाएका छैनन् । व्यवस्थाको त आमुल परिवर्तन भयो, जनताको अवस्था भने जस्ताको तस्तै छन् । जनताको आय स्तर ज्यादै कमजोर देखियो १ किलो जिरा तेला किनेर खान नसकी पानीमा पकाएर खानु पर्ने अवस्था छ ।
धादिङका गाउँमा हिउदे बाटो त लगभग लापा बाहेक अन्त पुगेको छ तर निकासी गर्ने केही छैन, सबै किनेर खानुपर्ने वाध्यता स्थानीय उत्पादनमा ह्रास आई परनिर्भरताको सिकार वन्नु पर्ने, स्थिति व्याप्त रहेको छ । गाउँ वस्तीका युवाहरु पलायन भई शहर र खाडीमा गएकाले विरामी बोक्न, मृत शरिर बोक्न सक्ने अवस्था ज्यादै कमजोर रहेको छ । भुकम्प पछि गाउँका अधिकास व्यक्तिहरू ऋणको मारमा परेको, कोभिड, डेंगुको मार सँगै (लम्की स्किन) ले पशुपालमा परेको समस्यले गर्दा आम नागरिक धेरै आक्रान्त बनेका छन् । स्थानीय सरकारले गरेका विभेदकारी नितीले छिमेकी छिमेकी बीच मनमुटाव सृजना समेत रहेको पाइएको छ । समान प्रकृतीको अनुदानमा शक्तिमा हुने पाउने र शक्तिमा नहुनेले नपाएको गुनासाहरु पनि स्थानीयले गरेका छन् ।
गाउँ विभाजीत भएको देखियो । स्थानीय सरकार जुन हिसावले परिकल्पना गरिएको थियो त्यासको उल्टो जनतालाई वोझ जस्तो महसुस गरेको पाइयो भने हिजोका पञ्च, र प्रतीगामी यथास्थितिवादी शक्ति गणतन्त्रका पहरेदारका रुपमा आफूलाई खडा गर्ने जमर्को मजैले गरेको पाईयो ।
व्यवस्था जोगाउनका लागि गरिएका राजजीतिक पहलकदमी, कार्यगत एकता, एकत्व सम्मका विषय जनतालाई जानाकारी नहुदा चुनाव चिन्ह एक नहुँदा मतदानमा पर्न गएको अन्यौताले जनताहरुमा शिथिलता पैदा भएको छ । आफ्नो पन नभएको भनी आलोचनामा केन्द्रित रहेको देखियो । सारत अभियान संकट समाधानको निमित्त हो आजको राजनैतिक संकट यो संघिय लोकतान्त्रिक गणतन्त्रात्मक रहने कि प्रतिगामीहरुको हर्कतले गर्दा गुम्ने भन्ने खतराको घन्टी बज्न थालेको आभास भैरहेको छ । जसरी माओले १९६६ देखि चिनीया सर्वाहारा सांस्कृतीक क्रान्तिको सुरुवात गर्नुभएको थियो । त्यसै स्पिडका साथ प्रचण्डले भ्रष्टाचार विरोधी आन्दोलनको जेवार छेड़ने अभियानको सुरुवात गर्नु भएको छ । आफ्नो टाउकोमा राको झोस्ने हिम्मत हुनेले मात्र अर्काको टाउकोमा राको झोस्न सक्छ भने जसरी यो अभियानलाई सार्थक बनाउने र तार्किक निस्कर्षमा पु्याउने जिम्मा आम पार्टी कार्यकर्ता क्रान्तिकारी जनसमुदायको हो ।