माओवादी नीलकण्ठ ५ ले सडक सरसफाई गर्दै अभियान उद्घाटन गर्ने

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ १५, २०८०

धादिङ । माओवादी धादिङले वडाकै सापेक्षतामा अभियान उद्घाटन गर्न सर्कुलर जारी गरे सँगै नीलकण्ठ नगरपालिका वडा नम्बर ५ ले पतेनी–खाल्टे फ्याक्से सडक सरसफाई गर्दै ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ उद्घाटन गर्ने भएको छ ।

माओवादी नीलकण्ठ ५ का सचिव कृष्ण दाहालका अनुसार सडकको ड्रेन सरसफाई गरि अभियना उद्घाटन गर्ने आज बसेको तयारी बैठकले निर्णय गरेको हो ।

नीलकण्ठ ६ ले धादिङको पुरानो सदरमुकाम देखि भैरवी मन्दिर सम्म दौड प्रतियोगिता गरि अभियान उद्घाटन गर्ने तयारी गरेको छ ।

‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने नाराका साथ भदौं १६ बाट मंसिर १६ सम्म चल्ने माओवादीको बिशेष अभियानको भोली जिल्लाका १०४ वटै वडामा विविध कार्यक्रमका साथ उद्घाटन हुने बताईएको छ ।