माओवादी नीलकण्ठ ६ ले भोली भैरवी मन्दिर सम्म दौड प्रतियोगिता गर्दै अभियान उद्घाटन गर्ने

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ १५, २०८०

धादिङ । नेकपा माओवादी केन्द्र नीलकण्ठ नगरपालिका वडा नम्बर ६ ले धादिङको पुरानो सदरमुकाम देखि भैरवी मन्दिर सम्म दौड प्रतियोगिता गरि तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ उद्घाटन गर्ने भएको छ ।

अभियना उद्घाटनको अवसरमा भदौ १६ गते दिउँसो १ बजे हुने उक्त दौड प्रतियोगितामा सहभागीहरुलाई नगद, प्रमाण पत्र, ट्रफी र जर्सी प्रदान गरिने अभियनाका लागि उक्त वडाको जिम्मा पाएका माओवादी केन्द्रका धादिङका जिल्ला सदस्य अमृत तामाङले आफुनो सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने नाराका साथ भदौं १६ बाट मंसिर १६ सम्म चल्ने माओवादीको बिशेष अभियानको भोली जिल्लाका १०४ वटै वडामा विविध कार्यक्रमका साथ उद्घाटन हुने बताईएको छ ।

जिल्लाका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरु जिल्ला बाहिर रहने कार्यविधि अनुसार धादिङका नेता मोहन कार्की, पुष्पविक्रम मल्ल, शालिकराम जमकट्टेल, कल्पना धमला, रामबहादु भण्डारी र दलबहादुर बुर्लाकोटी यो अभियानमा जिल्ला बाहिर रहने भएका छन् ।

अभियान अवधीभर धादिङका नेताहरु केन्द्रिय सदस्यहरु तर्फ मोहन कार्की काठमाडौं, पुष्पविक्रम मल्ल अभियान अनुगमन नुवाकोट र रसुवा, शालिकराम जम्कट्टेल बागमतीका सबै जिल्ला, कल्पना धमला काठमाडौं, रामबहादुर भण्डारी नुवाकोट तादी र बागमती प्रदेशका सह सचिव दलबहादुर बुलाकोटी मकवानपुरगढीमा रहने छन् । केन्द्रिय सदस्य दिपा सिंखडा (अर्पणा) भने पारिवारिक कारण धादिङको नीलकण्ठ मै कार्यक्षेत्र तोकिएको छ ।

जिल्ला बाहिर कार्यक्षेत्र भएका उपत्यका विशेष प्रदेशका अध्यक्ष जगत सिंखडा त्रिपुरासुन्दरी, विशेष प्रदेशका बलराम थापा खनियाबास, केन्द्रिय सदस्य गंगाजमुना, आयोगका कृष्णराज सुवेदी नेत्रावती डवजोङ, विशेष प्रदेशका र्ण प्रसाद दवाडी ज्वालामुखी, केन्द्रिय सदस्यहरु सन्तोष विष्ट सिद्धलेक, कञ्चन खनाल बेनीघाट रोराङ, प्रकाश विकल्प गजुरी, ऋषी काफले गल्छी, शिव कोइराला धुनीबेसी अधियानका लागि धादिङ आएका छन् ।

‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने नाराका साथ भदौ १६ देखि माओवादी केन्द्रले देशैभरि एकै पटक ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ मा धादिङमा बाह्य जिल्लाका केन्द्रिय सदस्य, प्रदेश पदाधिकारी सहित जिल्लाका प्रदेश सदस्य, जिल्ला देखि पालिका सम्मका नेताहरुको कार्यविभाज भएको छ । माओवादी केन्द्र धादिङले सबै वडामा एकै दिन अभियान सुरु गर्ने, कुन वडामा कस्ले नेतृत्व गर्दै (सूचि सहित)