धादिङका यी माओवादी नेता अभियानमा जिल्ला बाहिर हुने

Avatar photo
Dhadingpost
बिहिबार, भदौ १४, २०८०

धादिङ । नेकपा माओवादी केन्द्रले तीन महिने ‘जनतासँग माओवादी अभियान’ भदौ १६ गतेबाट दशैभर सुरु गर्न नेताहरुको कार्य विभाजन गरेको छ, जस अन्तरगत नेताहरु आफ्नो कार्यक्षेत्र पुगि सकेको छन् ।

जिल्लाका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरु जिल्ला बाहिर रहने कार्यविधि अनुसार धादिङका नेता मोहन कार्की, पुष्पविक्रम मल्ल, शालिकराम जमकट्टेल, कल्पना धमला, रामबहादु भण्डारी र दलबहादुर बुर्लाकोटी यो अभियानमा जिल्ला बाहिर रहने भएका छन् ।

अभियान अवधीभर धादिङका नेताहरु केन्द्रिय सदस्यहरु तर्फ मोहन कार्की काठमाडौं, पुष्पविक्रम मल्ल अभियान अनुगमन नुवाकोट र रसुवा, शालिकराम जम्कट्टेल बागमतीका सबै जिल्ला, कल्पना धमला काठमाडौं, रामबहादुर भण्डारी नुवाकोट तादी र बागमती प्रदेशका सह सचिव दलबहादुर बुलाकोटी मकवानपुरगढीमा रहने छन् । केन्द्रिय सदस्य दिपा सिंखडा (अर्पणा) भने पारिवारिक कारण धादिङको नीलकण्ठ मै कार्यक्षेत्र तोकिएको छ ।

‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने नाराका साथ भदौ १६ देखि माओवादी केन्द्रले देशैभरि एकै पटक ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ मा धादिङमा बाह्य जिल्लाका केन्द्रिय सदस्य, प्रदेश पदाधिकारी सहित जिल्लाका प्रदेश सदस्य, जिल्ला देखि पालिका सम्मका नेताहरुको कार्यविभाज भएको छ । माओवादी केन्द्र धादिङले सबै वडामा एकै दिन अभियान सुरु गर्ने, कुन वडामा कस्ले नेतृत्व गर्दै (सूचि सहित)

भदौं १६ बाट मंसिर १६ सम्म चल्ने माओवादीको बिशेष अभियानका क्रममा देशभरका सबै ६ हजार ७४३ वटै वडा समिति गठन गरेर सबै घरघरमा पुग्ने माओवादीको तयारी छ।