सीटीईभीटीको प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउने टिप्स !

Avatar photo
Dhadingpost
मङ्लबार, साउन ३०, २०८०

हरेक वर्ष एसईईको परिक्षाफल प्रकाशन पश्चात् प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सी (टीईभीटी) ले डिप्लोमा/प्रमाण-पत्र तह तथा प्रि-डिलोमा तहको वर्गीकृत (निःशुल्क) छात्रवृति र पुर्ण शुल्कीय तर्फको विभिन्न संकायको प्रवेश फारमको सूचना प्रकाशन गरिएको हुन्छ । जस अनुरुप प्रवेश परीक्षाको तालिका समेत प्रकाशित गरिसकेको छ । उच्च शिक्षा अध्ययनको लागि एउटा गतिलो आधार भनेकै प्रवेश परीक्षा हो ।

परिक्षा नै परीक्षार्थीको भविष्य निर्धारण गर्ने एउट यस्तो यन्त्र हो त्यसैले प्रवेश परीक्षामा सफलता हुन नै उत्तम विकल्प हो । हाम्रो जीवन नै परीक्षा हो परीक्षा भएकोले हरपल सिकाई त्यस पश्चात् उत्तर दिन आवश्यक हुन्छ¸ विद्यालय¸ विश्वबिद्यालयको परीक्षा होस् या लोक सेवा आयोगको परिक्षा किन नहोस् परीक्षार्थीले विषयवस्तुको ज्ञान र प्रश्नको उत्तर लेख्ने कार्यशैली भए मात्र उत्कृष्ट नतिजा हात पार्न सक्दछ ।

प्रवेश परीक्षामा सफलता प्राप्त गर्न परीक्षार्थीहरुले निम्न कुराहरु (टिप्स) को ध्यान दिनु आवश्यक हुन्छ ।

क) विषयवस्तुको राम्रो ज्ञान कसरी हासिल गर्नेः

  • पुरा अध्ययन
  • पुराना प्रश्नपत्रको अध्ययन
  • लेख्दै अध्ययन गर्ने
  • चार्ट र डायग्रामको प्रयोग

ख) समयको उचित व्यवस्थापन कसरी गर्नेः

  • पर्याप्त सुत्ने ।
  • बेलुका पढ्ने र बिहान स्मरण गर्ने ।
  • प्रश्नको संख्या, अंकभार तथा तोकिएको समयलाई विभाजन गर्ने ।
  • वस्तुगत तथा विषयगतको लागि समयको निर्धारण गर्ने ।
  • पुनरावलोकनको लागि आवश्यक समय छुटटयाउने ।
  • त्योकिएको समय भित्र प्रश्नहरुको हल गर्ने ।

ग) आकर्षक उत्तर कसरी दिनेः

  • प्रश्नको राम्रोसँग अध्ययन गर्ने ।
  • जुन-जुन प्रश्नको उत्तर आउँछ त्यही-त्यही प्रश्नको उत्तर लेख्दै जाने ।
  • सम्पूर्ण प्रश्नहरुको हल गर्ने ।

घ) प्रश्नको अर्थ र आशय अनुसार कसरी उत्तर दिनेः

  • प्रश्नमा अर्थ राम्ररी बुझ्ने
  • वैकल्पिक प्रश्नको वैकल्पिक उत्तरमा नझुक्किने ।
  • उत्तरको रुपरेखा सोच्ने ।
  • प्रश्नलाई नै गहिरो गरि नियालेर हेर्ने ।

ङ) शारीरिक तथा मनोवैज्ञानिक कसरी तयारी हुनेः

  • स्वास्थ्यको ख्याल गर्ने ।
  • सन्तुलित भोजन खाने ।
  • पानी प्रशस्त पिउने ।
  • शाररीरिक व्यायम तथा योगा गर्ने ।
  • डर, त्रास, भय¸ अनिदो र नकारात्मकताबाट टाढै रहने ।
  • अरुको भनाई र लहढमा नलाग्ने ।

च) परीक्षाहलमा अपनाउनु पर्ने विशेष सावधानीहरुः

  • उत्तर पुस्तिकामा कालो पेनको प्रयोग गर्ने ।
  • उत्तर पुस्तिकामा सिम्वोल नं. र माँग भएका अनुसारको विवरणहरु उल्लेख गर्ने ।
  • प्रश्नलाई ध्यान दिएर हेर्ने र आफुलाई सजिलो लागेको प्रश्नबाट उत्तर लेख्न शुरु गर्ने।
  • धैर्यता कायम राख्दै तथ्य पूर्ण शब्दहरुमा उत्तर लेख्ने ।
  • सोधिएका सबै प्रश्नहरुको सर्वोत्कृष्ट उत्तर लेख्ने ।

तसर्थः परिक्षार्थीले परीक्षाको दिन दिमागलाई प्रेसर दिनु हुदैन । उच्च आत्म-विश्वास लिएर त्योकिएको परिक्षा केन्द्र तर्फ परीक्षाको लागि आवश्यक पर्ने पेन, पेन्सील, इरेजर, स्केल र प्रवेश पत्र (एडमिट-कार्ड) जस्ता सामाग्री सँगै साथमा लिएर जानुपर्दछ¸ परीक्षाको दिन परीक्षा समय भन्दा कम्तिमा 3० मिनेट अगाडि परीक्षा स्थल पुग्नु पर्दछ ।

(लेखकः लामा CTEVT को पुर्व विद्यार्थी¸ एग्रोभेट व्यवसायी¸ अनेरास्ववियु धादिङको अध्यक्ष एवं नेकपा एमाले बागमती प्रदेश¸ कृषि तथा पशुपन्छी विभागको सदस्य पदमा हुनुहुन्छ ।)